मंगलवार, आश्विन ६,२०८३ 07:16:57
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 07:16:57
Bizshala
Global IME Bank Limited

सांसदलाई सभामुखको निर्देशन– नियमावली हेर्नू, बैठकमा मर्यादित बन्नू

सांसदलाई सभामुखको निर्देशन– नियमावली हेर्नू, बैठकमा मर्यादित बन्नू
New Office

 

काठमाण्डौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई मर्यादित र व्यवस्थित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठेपछि सभामुख अर्यालले बैठक सञ्चालनका क्रममा प्रतिनिधिसभा नियमावलीको पालना गर्न ध्यानाकर्षण गराएका हुन्।

मंगलबारको प्रतिनिधिसभा बैठकको अन्त्यमा सभामुख अर्यालले प्रत्येक दिनको सभा मर्यादित र उत्कृष्ट बनाउनु सबै सांसदको कर्तव्य तथा दायित्व भएको बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले प्रतिनिधिसभा नियमावली, २०८० सबै सदस्यहरूको पहलबाट लागू भएको उल्लेख गर्दै त्यसैअनुसार सभा सञ्चालन भइरहेको बताए।

सभामुख अर्यालले विशेषगरी प्रतिनिधिसभा नियमावलीको नियम २० र २१ तथा नियम २० को खण्ड ‘ट’ तर्फ सांसदहरूको ध्यानाकर्षण गराएका छन्।

उनले भने, “म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि नियम २० को खण्ड ‘ट’ प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु।”

सभामुखको निर्देशनसँगै मंगलबारको प्रतिनिधिसभा बैठक सकिएको छ। अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.