शनिबार, आश्विन १०,२०८३ 07:10:01
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 07:10:01
Bizshala
Global IME Bank Limited

'राष्ट्रको उद्धार विलासी व्यक्तिबाट हुनसक्दैन, सच्चा त्यागी आवश्यक हुन्छ'

Bizshala
'राष्ट्रको उद्धार विलासी व्यक्तिबाट हुनसक्दैन, सच्चा त्यागी आवश्यक हुन्छ'
New Office

-स्वामी विजयानन्द

 

सारांश

पूर्वीय चिन्तनमा राष्ट्रको उत्थान मात्र आर्थिक समृद्धि, सैन्य शक्ति वा राजनीतिक प्रभुत्वबाट नभई त्याग, सेवा, अनुशासन र लोककल्याणको भावनाबाट सम्भव हुने भनिएको छ।

राष्ट्रको उद्धार विलासीहरूबाट हुन सक्दैन, सच्चा त्यागी हुन आवश्यक छ। यो उक्तिले व्यक्त गर्ने विचार के हो भने जुन नेतृत्वले व्यक्तिगत सुख, वैभव र स्वार्थभन्दा माथि उठी समाजको हितलाई प्राथमिकता दिन्छ, त्यस्तै नेतृत्वले दीर्घकालीन राष्ट्र निर्माणमा प्रभावशाली भूमिका निर्वाह गर्न सक्दछ। प्रस्तुत आलेखले यसै सिद्धान्तलाई आधार बनाउँदै दार्शनिक, ऐतिहासिक एवम् नैतिक दृष्टिकोणबाट विश्लेषण गर्दछ।

प्रस्तावना

प्रत्येक राष्ट्रको इतिहास यस्ता व्यक्तिहरूबाट पनि आलोकित भएको छ, जसले आफ्नो निजी हितभन्दा बढी महत्त्व समाज र राष्ट्रको कल्याणलाई दिएका छन्।

पूर्वीय परम्परामा (नेपाली परम्परामा त अझ बढी नै मात्रामा) त्यागलाई भौतिक वस्तुहरूको परित्याग मात्र नभई स्वार्थको त्याग, अहंकारको त्याग, अन्यायको त्याग र लोककल्याणका लागि समर्पणको रूपमा देखिएको छ। विद्यालयका लागि, बाटोघाटोका लागि, कुवा–पँधेराका लागि, अझ भागवत सप्ताहमा सम्पत्ति दान, जग्गा दान इत्यादि यस्तै विचारहरूबाट प्रभावित भएका हुन् भनी बुझ्न सकिन्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विलास र त्यागको दार्शनिक अर्थ

विलासको अर्थ केवल धन, सम्पत्ति र सुविधा मात्र होइन। दार्शनिक अर्थमा विलास यस्तो प्रवृत्ति हो, जसमा व्यक्तिले व्यक्तिगत सुखलाई सर्वोपरि देख्दछ, सार्वजनिक उत्तरदायित्वको उपेक्षा गर्दछ र शक्तिको उपयोग मात्र निजी लाभको निम्ति गर्दछ। यसको विपरीत त्यागको अर्थ हुन्छ—कर्तव्यलाई अधिकारभन्दा माथि राख्नु, लोककल्याणलाई निजी हितभन्दा प्राथमिकतामा राख्नु तथा आवश्यक परेमा व्यक्तिगत सुविधाको त्याग गर्नु।

पूर्वीय दर्शनमा त्याग

उपनिषद्, गीताजस्ता अनेक ग्रन्थहरूमा त्याग र निष्काम भावले गरिएका कर्मलाई विशेष महत्त्वका साथ हेरिएको छ। ईशावास्य उपनिषद्‌मा भनिएको छ:

तेन त्यक्तेन भुञ्जीथा।

अर्थात् त्यागको भावनाले जीवनको उपयोग गर्नुपर्दछ। भगवद्गीतामा पनि कर्मयोगको आधार त्याग र कर्तव्यपालना नै हो भनी भनिएको छ।

राष्ट्र निर्माणमा त्याग

इतिहासमा अनेकौँ परिवर्तनहरू यस्ता व्यक्तिको प्रयासबाट भएका छन्, जसले:

-विभिन्न कठिनाइहरूको सामना गरेका छन्,

-व्यक्तिगत लाभको त्याग गरेका छन्,

-समाजको निम्ति दीर्घकालीन दृष्टि अपनाएका छन्,

-नैतिक साहसको परिचय दिएका छन्।

यस्ता उदाहरणहरू विभिन्न देशमा विभिन्न कालखण्डहरूमा देखिएका छन्।

नेतृत्वको नैतिक आधार

सच्चा नेतृत्वको पहिचान केवल अधिकार वा लोकप्रियता मात्र होइन, बरु इमानदारी, उत्तरदायित्व, सेवा, अनुशासन, पारदर्शिता तथा आत्मसंयम नै हो।

यदि नेतृत्व केवल विलास र स्वार्थमा लिप्त हुने हो भने जनताको नेतृत्वप्रतिको विश्वास कमजोर हुन सक्छ।

त्यागको व्यापक अर्थ

त्यागको अर्थलाई हरेक व्यक्तिले संन्यास ग्रहण गर्नुसँग मात्र जोडेर हेर्न मिल्दैन। जस्तो, एउटा शिक्षकको त्याग विद्यार्थीहरूको निर्माणमा समर्पण, एउटा सैनिकको त्याग राष्ट्रको सुरक्षा, एउटा वैज्ञानिकको त्याग ज्ञान एवम् आविष्कार र नवप्रवर्तनमा जीवनलाई समर्पित गर्नु, एउटा चिकित्सकको त्याग मानवसेवा र एउटा नागरिकको त्याग इमानदारीपूर्वक आफ्नो कर्तव्य पालना गर्नु पनि राष्ट्र निर्माणको क्रममा समान रूपमा सहभागी हुनु हो।

समकालीन सन्दर्भ

आज हाम्रो नेपालजस्तो राष्ट्रको समक्ष आर्थिक असमानता, वातावरणीय सङ्कट, प्राविधिक परिवर्तन, सामाजिक विभाजन तथा नैतिक चुनौती विकराल रूपमा उपस्थित छन्। यिनको समाधान वैकल्पिक स्रोतहरूबाट सम्भव छैन, तथापि उत्तरदायी नेतृत्व र जागरुक नागरिक कर्तव्यबाट मात्र सम्भव छ।

राष्ट्रको वास्तविक उद्धार

राष्ट्रको उत्थान तब मात्र सम्भव हुन्छ, जब शासन उत्तरदायी होस्, नागरिक कर्तव्यनिष्ठ हुन्, शिक्षा प्रणालीले चरित्र निर्माण गरोस्, विज्ञानले समाजको हितमा कार्य गरोस् र सार्वजनिक जीवनमा नैतिकतालाई महत्त्वका साथ हेरियोस्। यस्ता कार्यहरू त्याग, सेवा र अनुशासनको भावनाले मात्र स्थायी रूपमा सम्भव हुन सक्दछन्।

निष्कर्ष

राष्ट्रको उद्धार विलासी व्यक्तिहरूबाट हुन सक्दैन, सच्चा त्यागी आवश्यक छ। यस कथनले राष्ट्र निर्माणको एउटा गहिरो नैतिक सिद्धान्तलाई व्यक्त गर्दछ। यसको आशय कुनै विशेष व्यक्ति वा वर्गको निन्दा नभई यो पनि स्मरण गराउनु हो कि महान् राष्ट्र केवल वैभवले होइन, बरु त्याग, सेवा, चरित्र र उत्तरदायित्वले निर्मित हुने गर्दछ।

अतः राष्ट्रको उत्थानका निम्ति यो आवश्यक छ कि नेतृत्व र नागरिक दुवैले स्वार्थभन्दा माथि उठी लोककल्याण, न्याय, सत्य र कर्तव्यलाई आफ्नो जीवनको आधार बनाऊन्।

यही पूर्वीय चिन्तन, अझ बढी नेपाली चिन्तनको स्थायी प्रेरणा हो र यही नै कुनै पनि राष्ट्रको दीर्घकालीन शक्तिको मूल स्रोत पनि हो। अस्तु!

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.