आईतवार, आश्विन ११,२०८३ 03:12:31
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 03:12:31
Bizshala
Global IME Bank Limited

चोलेन्द्र प्रकरणमा बारको प्रश्न– भ्रष्टाचार अनुसन्धान हो, राजनीतिक कदम हो कि तर्साउने प्रयास

चोलेन्द्र प्रकरणमा बारको प्रश्न– भ्रष्टाचार अनुसन्धान हो, राजनीतिक कदम हो कि तर्साउने प्रयास
New Office

 

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको विषयमा नेपाल बार एसोसिएसनले सरकारसँग स्पष्ट कारण र उद्देश्य मागेको छ।

नेपाल बारका अध्यक्ष विजय मिश्रले जबरालाई किन नियन्त्रणमा लिइएको हो भन्ने विषय अझै स्पष्ट नभएको भन्दै राज्यले आफ्नो कदमको उद्देश्य खुलाउनुपर्ने बताएका छन्।

उनका अनुसार मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई घरबाट लैजाने शैलीमाथि प्रारम्भिक रूपमा प्रश्न उठेको छ। यद्यपि भ्रष्टाचार वा अन्य कुनै कसुरमाथि कानुनसम्मत अनुसन्धान गर्ने विषयमा बारको आपत्ति नरहेको उनले स्पष्ट पारेका छन्।

मिश्रले सरकारको कदम भ्रष्टाचारविरोधी अनुसन्धानसँग जोडिएको हो, कुनै राजनीतिक उद्देश्यबाट प्रेरित हो वा केवल दबाब र त्रास सिर्जना गर्ने प्रयास हो भन्ने स्पष्ट भएपछि मात्र बारले विस्तृत धारणा बनाउने बताएका छन्।

उनले नेपाल बारले भ्रष्टाचारको समर्थन गर्न नसक्ने उल्लेख गर्दै अनुसन्धान आवश्यक भए कानुनअनुसार गर्नुपर्ने तर त्यसको उद्देश्य र प्रक्रिया पारदर्शी हुनुपर्ने बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीकै विवरणमा अन्योल

जबरालाई नियन्त्रणमा लिएपछि प्रहरीबाटै फरक–फरक विवरण सार्वजनिक हुँदा घटनामाथिको अन्योल अझ बढेको छ।

प्रहरीले सुरुमा उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको थियो। पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भने जबरालाई पक्राउ गरिएको नभई ‘सुरक्षा चुनौती’ देखिएपछि सुरक्षित स्थानमा लगिएको बताएको छ।

तर जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सुरक्षाका लागि मात्रै प्रहरी कार्यालयमा राखिएको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

त्यस्तै, उनीमाथि सुरक्षा चुनौती कसबाट आएको थियो, जोखिमको प्रकृति के थियो र उनलाई आफ्नै घरमा सुरक्षा उपलब्ध गराउनुको सट्टा राति नै प्रहरी कार्यालयमा किन लैजानुपर्‍यो भन्ने प्रश्नको पनि स्पष्ट जवाफ आएको छैन।

घरमै सुरक्षा माग्दा पनि किन लगियो ?

जबराका परिवारका सदस्यहरूले सुरक्षा चुनौती रहेको भए घरमै थप सुरक्षाकर्मी परिचालन गर्न सकिने बताएका छन्। परिवारका अनुसार जबराले समेत घरमै सुरक्षा बढाइदिन आग्रह गरेका थिए।

तर त्यसको सट्टा उनलाई निवासबाटै प्रहरी कार्यालयमा लगिएपछि राज्यको कदमको कानुनी र सुरक्षा औचित्यमाथि थप प्रश्न उठेको छ।

प्रहरीले जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अगाडि बढाइएको छ कि छैन भन्ने विषयमा पनि स्पष्ट जानकारी दिएको छैन।

नेपाल बारले यही अस्पष्टताबीच सरकारको कदमबारे तत्काल निष्कर्ष निकाल्नुभन्दा पहिले पक्राउ वा नियन्त्रणको वास्तविक उद्देश्य, कानुनी आधार र अपनाइएको प्रक्रियाबारे स्पष्ट विवरण आउनुपर्ने जनाएको छ।

पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा घरबाट लैजाने जस्तो असाधारण घटनामा सरकार र प्रहरीले स्पष्ट तथा एउटै आधिकारिक विवरण दिनुपर्ने माग बढ्दै गएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.