सोमबार, आश्विन १२,२०८३ 07:39:23
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 07:39:23
Bizshala
Global IME Bank Limited

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

Bizshala
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
New Office

 

काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।

सोमबार पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले थप अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको थियो ।

प्रसाईंले सामाजिक सञ्जालमार्फत रचना खतिवडा र उनका दिवंगत छोरा रसिक खतिवडासँग सम्बन्धित विषयमा अपमानजनक टिप्पणी गरेको आरोप लागेको छ । त्यसै विषयमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रसाईं यसअघि पनि विभिन्न प्रकरणमा पटक–पटक पक्राउ पर्दै आएका छन् ।

यसअघि गत साउन १८ गते उनी सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । त्यसैगरी, भदौ ४ गते उनको घरमा प्रहरीले खानतलासीसमेत गरेको थियो ।

सर्वोच्च अदालतको आदेशपछि उक्त खानतलासीका क्रममा बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो ।

हाल भने प्रसाईंमाथि साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.