शुक्रबार, आश्विन १६,२०८३ 03:38:04
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 03:38:04
Bizshala
Global IME Bank Limited

एआरई जीपीको पहिलो क्वालिफायर शनिबार बुटवलमा, विजेतालाई अन्तर्राष्ट्रिय रेसमा नेपालको प्रतिनिधित्व गर्ने मौका

Bizshala
एआरई जीपीको पहिलो क्वालिफायर शनिबार बुटवलमा, विजेतालाई अन्तर्राष्ट्रिय रेसमा नेपालको प्रतिनिधित्व गर्ने मौका
New Office

काठमाण्डौ । टीभीएस नेपालको ‘अपाचे रेस एक्सपेरियन्स (ARE) जीपी’ अन्तर्गत पहिलो अपाचे रेसिङ क्वालिफायर शनिबार बुटवलमा आयोजना हुने भएको छ।

टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले वर्षभर सञ्चालन गरिरहेको एआरई जीपीअन्तर्गतको पहिलो क्वालिफायर असोज १७ गते अर्थात् अक्टोबर ३ मा तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा आयोजना गर्न लागेको हो।

सहभागी राइडरका लागि कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ भने सञ्चारकर्मी, अतिथि तथा कन्टेन्ट क्रिएटरका लागि बिहान ११ बजेदेखि कार्यक्रम खुला रहने कम्पनीले जनाएको छ।

यससँगै बुटवल एआरई जीपी क्वालिफायर आयोजना गर्ने पहिलो सहर बन्नेछ। बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा समेत क्वालिफायर राउन्ड आयोजना गरिनेछ।

प्रतियोगितामा सहभागी राइडरलाई राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायत विषयमा सैद्धान्तिक प्रशिक्षण दिइनेछ। त्यसपछि प्रशिक्षकको निगरानीमा ट्र्याक अभ्यास गराइने कम्पनीले जनाएको छ।

प्रशिक्षणपछि १६० सीसी र २०० सीसी गरी दुई श्रेणीमा प्रतिस्पर्धात्मक रेस हुनेछ। प्रत्येक श्रेणीबाट उत्कृष्ट तीन राइडर काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने ‘अपाचे रेस एक्सपेरियन्स’ ग्रान्ड फिनालेका लागि छनोट हुनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विजेतालाई मद्रास इन्टरनेसनल सर्किटसम्मको यात्रा

ग्रान्ड फिनालेमा छनोट भएका राइडरलाई थप गहन ट्र्याक प्रशिक्षण र सैद्धान्तिक कक्षा दिइनेछ। त्यसपछि दुवै श्रेणीमा अन्तिम प्रतिस्पर्धा हुनेछ।

प्रत्येक श्रेणीका प्रथम विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय १६० सीसी र २०० सीसी रेसिङ प्रतियोगितामा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुने राइडरले सम्बन्धित श्रेणीका थप अन्तर्राष्ट्रिय रेसमा सहभागी हुने अवसरसमेत पाउने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने राइडरको यात्रा तथा आवास खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनी भारतले व्यहोर्नेछन्। फिनालेका विजेतालाई मोटोजीपी र मोटोसोल भ्रमणसमेत सम्पूर्ण खर्चसहित उपलब्ध गराइने जनाइएको छ।

बुटवल क्षेत्रका टीभीएसका आधिकारिक डिलर बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले एआरई जीपीको पहिलो क्वालिफायर बुटवलबाट सुरु हुनु यस क्षेत्रका राइडरका लागि महत्वपूर्ण अवसर भएको बताए।

उनले लुम्बिनी क्षेत्रमा प्रतिभाशाली राइडरको कमी नभए पनि सुरक्षित र व्यावसायिक वातावरणमा सिक्ने र प्रतिस्पर्धा गर्ने उचित प्लेटफर्मको आवश्यकता रहेको बताए।

“यो कार्यक्रमले बुटवलका युवालाई स्थानीय ट्र्याकबाट अन्तर्राष्ट्रिय सर्किटसम्म पुग्ने बाटो खोलिदिनेछ,” उनले भने।

चार दशकभन्दा लामो रेसिङ अनुभव

टीभीएस सन् १९८२ देखि मोटरस्पोर्टमा सक्रिय रहँदै आएको कम्पनी हो। कम्पनीले ११ पटक इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप (INMRC) जितिसकेको जनाएको छ।

सन् २०१५ मा टीभीएस डकार र्‍यालीमा सहभागी हुने पहिलो भारतीय मोटरसाइकल निर्माता बनेको थियो। यही रेसिङ अनुभवलाई नेपालका राइडरसँग जोड्दै ट्र्याक अनुभव र प्रतिस्पर्धाको अवसर सिर्जना गर्ने उद्देश्यले एआरई जीपी सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक राइडरले टीभीएस नेपालको आधिकारिक फेसबुक पेज ‘TVS Nepal’ वा इन्स्टाग्राम ‘@TVS_nepal’ मा उपलब्ध क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्।

कार्यक्रमको आधिकारिक कफी पार्टनर काठमाडौं कफी रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.