काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पनि विराटनगर किङ्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर रहने भएको छ।
विराटनगर किङ्ससँग यसअघि पनि सहकार्य गर्दै आएको एभरेस्ट बैंकले एनपीएल सिजन–३ का लागि समेत साझेदारीलाई निरन्तरता दिएको हो। यससम्बन्धी सम्झौता विराटनगरमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको जनाइएको छ।
नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यमा बैंक र टोलीबीचको सहकार्य उपयोगी हुने अपेक्षा गरिएको छ।
विराटनगर किङ्सले एभरेस्ट बैंकले निरन्तर विश्वास र सहयोग गरेकोमा आभार व्यक्त गरेको छ। टोलीले नेपाली क्रिकेटको व्यावसायिक विकासमा कर्पोरेट क्षेत्रको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरेको छ।
विराटनगर किङ्सका अनुसार एभरेस्ट बैंकसँगको साझेदारीलाई आगामी दिनमा अझ प्रभावकारी र दीर्घकालीन बनाउँदै लैजाने लक्ष्य राखिएको छ।
एभरेस्ट बैंक र विराटनगर किङ्सबीचको सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपाली क्रिकेटको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।