बुधबार, आश्विन २१,२०८३ 06:16:05
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 06:16:05
Bizshala
Global IME Bank Limited

नरेन्द्र मोदी स्टेडियमसहित अहमदाबादका विद्यालयमा बम धम्की, सुरक्षा कडा

Bizshala
नरेन्द्र मोदी स्टेडियमसहित अहमदाबादका विद्यालयमा बम धम्की, सुरक्षा कडा
New Office

 

 काठमाण्डौ । भारतको गुजरातस्थित अहमदाबादमा नरेन्द्र मोदी स्टेडियमसहित पाँचभन्दा बढी विद्यालयलाई बम विस्फोट गराउने धम्की दिइएको छ।

चर्चित पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझको कन्सर्टअघि आएको धम्कीपछि स्टेडियम, विद्यालय र अन्य संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बुधबार बिहान ११ः११ बजेतिर विभिन्न संस्थामा धम्कीपूर्ण इमेल पठाइएको थियो। ती इमेलमा ‘बोलेगा खालिस्तान’ र ‘खालिस्तान जिन्दाबाद’ जस्ता नारा उल्लेख गरिएको बताइएको छ।

इमेल पठाउने व्यक्तिले आफूलाई खालिस्तान समर्थकका रूपमा प्रस्तुत गरेको जनाइएको छ। धम्कीमा अभिभावकलाई आफ्ना बालबालिकालाई दिलजीत दोसाँझको कन्सर्टमा नपठाउन चेतावनीसमेत दिइएको छ।

इमेलमा नोभेम्बर २१ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने कन्सर्ट तथा नोभेम्बर १ मा दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा हुने कार्यक्रमको पनि उल्लेख गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विद्यालयमा सुरक्षा जाँच

धम्कीपछि अहमदाबादका विभिन्न विद्यालयमा सुरक्षा सतर्कता बढाइएको छ।

प्रभावित भनिएका विद्यालयमा एसिया स्कुल, बोडकदेव स्कुल फर चिल्ड्रेन, एसजीभीपी स्कुल, भेजलपुरस्थित जायडस स्कुल र सन्त कबिर स्कुल रहेका छन्।

विद्यालय प्रशासनले स्थानीय अधिकारीलाई जानकारी गराएपछि बम डिस्पोजल टोली, बम पत्ता लगाउने युनिट र सुरक्षाकर्मी परिचालन गरिएको छ।

विद्यालय परिसरमा सुरक्षा जाँच भइरहेको छ भने आवश्यक परे विद्यार्थीलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ।

अहमदाबादका जिल्ला शिक्षा अधिकारीले धम्की आएका सबै विद्यालयको तत्काल भौतिक निरीक्षण गर्न निर्देशन दिएका छन्।

साइबर टोली अनुसन्धानमा

प्रहरी र साइबर अपराध अनुसन्धान टोलीले धम्कीपूर्ण इमेलको डिजिटल स्रोत पत्ता लगाउने प्रयास गरिरहेका छन्।

धम्की वास्तविक सुरक्षा जोखिमसँग सम्बन्धित हो वा त्रास सिर्जना गर्ने उद्देश्यले पठाइएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

दिलजीत दोसाँझको बहुसहर कन्सर्ट भ्रमण दिल्ली, इन्दौर, अहमदाबाद, मुम्बई, बेंगलुरु, लखनउ र चण्डीगढलगायत सहरमा आयोजना हुने कार्यक्रम छ।

ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएका यी कार्यक्रमलाई लक्षित गरी धम्की आएपछि सम्बन्धित स्थानहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै सर्वसाधारणलाई त्रसित नहुन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.