शुक्रबार, आश्विन २३,२०८३ 11:52:19
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 11:52:19
Bizshala
Global IME Bank Limited

१३ सैनिकको हत्या गरेका पूर्वमेजरलाई फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिने तयारी, प्रत्यक्ष प्रसारणको योजना

Bizshala
१३ सैनिकको हत्या गरेका पूर्वमेजरलाई फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिने तयारी, प्रत्यक्ष प्रसारणको योजना
New Office

 

 काठमाण्डौ । सन् २००९ मा अमेरिकाको टेक्सासस्थित फोर्ट हुड सैन्य अखडामा गोली चलाएर १३ सैनिकको हत्या गरेका पूर्वमेजर निदाल हसनलाई फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड दिने तयारी गरिएको छ। ट्रम्प प्रशासनले उक्त मृत्युदण्ड सर्वसाधारणले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गर्ने तयारीसमेत गरेको बताइएको छ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हसनलाई दिइने मृत्युदण्ड सार्वजनिक रूपमा हेर्न मिल्ने व्यवस्था गरिने बताएका छन्। उनले एक टेलिभिजन अन्तर्वार्तामा गम्भीर अपराधको परिणाम पनि गम्भीर हुन्छ भन्ने सन्देश दिन यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन्।

अमेरिकी सेनाका अधिकारीहरूका अनुसार हसनलाई आगामी डिसेम्बर ३ मा टेक्सासस्थित फोर्ट हुडमै मृत्युदण्ड दिने तयारी छ। निर्धारित योजना कार्यान्वयन भए दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनामा फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिइएको यो पहिलो घटना हुनेछ।

त्यसैगरी, मृत्युदण्डलाई सर्वसाधारणका लागि प्रत्यक्ष प्रसारण गरिएको अवस्थामा यो आधुनिक अमेरिकी इतिहासकै असाधारण घटना बन्नेछ। अमेरिकामा केही मृत्युदण्ड पत्रकार तथा सीमित साक्षीको उपस्थितिमा हुने गरे पनि प्रत्यक्ष प्रसारण गर्ने अभ्यास प्रचलनमा छैन।

हसन अमेरिकी सेनामा मनोचिकित्सकका रूपमा कार्यरत थिए। सन् २००९ नोभेम्बर ५ मा फोर्ट हुडको सैनिक स्वास्थ्य परीक्षण केन्द्रमा उनले अन्धाधुन्ध गोली चलाउँदा १३ सैनिकको मृत्यु भएको थियो भने अन्य थुप्रै घाइते भएका थिए।

विदेशमा तैनाथ हुनुअघि स्वास्थ्य परीक्षण तथा खोपका लागि सैनिकहरू भेला भएको समयमा उक्त आक्रमण भएको थियो। अमेरिकी सैन्य अखडामा गैरयुद्ध परिस्थितिमा भएको सबैभन्दा घातक आक्रमणमध्ये यसलाई एक मानिन्छ।

सन् २०१३ मा भएको सुनुवाइका क्रममा हसनले आफूले नै गोली चलाएको स्वीकार गरेका थिए। उनले अफगानिस्तानमा रहेका मुस्लिम तथा तालिबानको रक्षा गर्ने उद्देश्यबाट आफूले उक्त कदम चालेको दाबी गरेका थिए। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकी सैन्य कानुनअनुसार सैनिकलाई मृत्युदण्ड दिन राष्ट्रपतिको स्वीकृति आवश्यक हुन्छ। पेन्टागनका प्रवक्ताका अनुसार रक्षामन्त्री हेगसेथले हसनलाई मृत्युदण्ड दिन सिफारिस गरेका थिए भने राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सिफारिस स्वीकृत गरिसकेका छन्।

तर निर्धारित मितिमै मृत्युदण्ड कार्यान्वयन हुने विषय भने अझै निश्चित छैन। हसनसँग संघीय अदालतमा आफ्नो दोषसिद्धि तथा सजायविरुद्ध पुनरावलोकन माग्ने कानुनी विकल्प बाँकी रहेको कानुनविद्हरूले बताएका छन्।

मृत्युदण्डसम्बन्धी मुद्दामा काम गर्ने वकिल जोन मिल्सका अनुसार पुनरावेदन प्रक्रिया पूरा नभएसम्म मृत्युदण्डको कार्यान्वयन रोकिन सक्ने सम्भावना छ। उनले मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई न्यायिक प्रक्रियाभन्दा बढी प्रचारमुखी कदमका रूपमा समेत आलोचना गरेका छन्।

येल विश्वविद्यालयको कानुन संकायका अतिथि प्राध्यापक युजिन आर. फिडेलले पनि मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाप्रति आपत्ति जनाएका छन्। हसनले उपलब्ध कानुनी उपचारको प्रयोग गरेमा मुद्दा थप वर्षौंसम्म लम्बिन सक्ने उनको भनाइ छ।

प्रत्यक्ष प्रसारण कुन माध्यमबाट गरिने भन्ने पनि अहिलेसम्म स्पष्ट भइसकेको छैन। फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक र एक्सलगायत प्रमुख सामाजिक सञ्जालमा हिंसात्मक तथा वीभत्स सामग्री प्रसारणसम्बन्धी कडा नीति छन्। केही प्लेटफर्मले मृत्युदण्डको प्रत्यक्ष प्रसारणलाई स्पष्ट रूपमा निषेध गरेका छन्।

राष्ट्रपति ट्रम्प मृत्युदण्डका पक्षधर मानिन्छन्। सन् २०२५ जनवरीमा पुनः राष्ट्रपति बनेपछि उनले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा लागू गरिएको संघीय मृत्युदण्डसम्बन्धी रोक हटाएका थिए।

अमेरिकी सेनामा पछिल्लो पटक सन् १९६१ मा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो। त्यसबेला एक बालिकामाथि बलात्कार गरेको अभियोगमा दोषी सैनिकलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो। फायरिङ स्क्वाडबाट भने सन् १९४५ मा एडी स्लोभिकलाई मृत्युदण्ड दिइएको थियो।

हसनको मुद्दामा पुनरावेदन प्रक्रिया बाँकी रहेकाले डिसेम्बर ३ का लागि तोकिएको मृत्युदण्ड अन्तिम रूपमा कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषय भने कानुनी प्रक्रियापछि मात्रै स्पष्ट हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.