शुक्रबार, आश्विन २३,२०८३ 06:01:33
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 06:01:33
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद्का चार निर्णय : भूकम्प कोषदेखि खेलाडीलाई नगद पुरस्कारसम्म

Bizshala
मन्त्रिपरिषद्का चार निर्णय : भूकम्प कोषदेखि खेलाडीलाई नगद पुरस्कारसम्म
New Office

 

 काठमाण्डौ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतादेखि खेलाडीलाई नगद पुरस्कार दिने निर्णयसम्म चार वटा महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले विश्व बैंकसँग ‘अर्थक्वेक क्याटास्ट्रोफी फण्ड’ अर्थात् भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ।

त्यस्तै, विटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने प्रयोजनका लागि ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गर्ने निर्णय पनि भएको छ।

यसैगरी, जापानको आइची–नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकपछि सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिएका हुन्।

सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।

बढुवापछि न्यौपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.