–रविन ठकुरी
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको वित्तीय प्रगतिमा ठूलो असमानता देखिएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा केही आयोजनाले विनियोजित बजेटको ९० प्रतिशतभन्दा बढी खर्च गरेका छन् भने केहीको वित्तीय प्रगति ३० प्रतिशतभन्दा तलै सीमित छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार राष्ट्रिय गौरवमा सूचीकृत २४ वटा आयोजना छन्। तीमध्ये उपलब्ध तथ्यांकअनुसार आयोजनाहरूको वित्तीय प्रगति यस्तो छः
१. बबई सिँचाइ आयोजना
बबई सिँचाइ आयोजनाको वित्तीय प्रगति ९८.१७ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा आयोजनाका लागि कुल २ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
आयोजनामा २ अर्ब ४० करोड १६ लाख ३६ हजार ८० रुपैयाँ खर्च भएको छ भने ४ करोड ४८ लाख ८३ हजार ९ सय १९ रुपैयाँ खर्च हुन बाँकी रहेको छ।
चालुतर्फ ३ करोड ९१ लाख २० हजार रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको थियो। चालुतर्फ ३ करोड ३८ लाख ३ हजार ४७ रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ३६ करोड ७८ लाख ३३ हजार ३३ रुपैयाँ निकासा भएको छ।
२. महाकाली सिँचाइ आयोजना
महाकाली सिँचाइ आयोजना, कञ्चनपुरको वित्तीय प्रगति ९३.८२ प्रतिशत पुगेको छ।
आयोजनाका लागि कुल १ अर्ब ५५ करोड १८ लाख ३४ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये १ अर्ब ४५ करोड ५९ लाख २० हजार ६ सय ८० रुपैयाँ खर्च भएको छ भने ९ करोड ५९ लाख १३ हजार ८ सय १९ रुपैयाँ खर्च हुन बाँकी छ।
चालुतर्फ ३ करोड ५६ लाख ३२ हजार ५ सय रुपैयाँ तथा पुँजीगततर्फ १ अर्ब ५१ करोड ६२ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको थियो।
३. सिक्टा सिँचाइ आयोजना
सिक्टा सिँचाइ आयोजनाको वित्तीय प्रगति ८९.७८ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल १ अर्ब ५७ करोड ७५ लाख ६० हजार ६ सय ६६ रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये १ अर्ब ४१ करोड ६२ लाख ७५ हजार ५ सय ४१ रुपैयाँ खर्च भएको छ।
अझै १६ करोड १२ लाख ८५ हजार १ सय २४ रुपैयाँ खर्च हुन बाँकी छ। चालुतर्फ ४ करोड ६७ लाख ६० हजार ६ सय ६६ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ५३ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको थियो।
४. रानी जमरा कुलरिया सिँचाइ आयोजना
रानी जमरा कुलरिया सिँचाइ आयोजना तथा प्रणाली आधुनिकीकरण कार्यक्रमको वित्तीय प्रगति ३६.२ प्रतिशत मात्रै रहेको छ।
आयोजनाका लागि कुल २ अर्ब १४ करोड ४९ लाख ९४ हजार १ सय १ रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये ७७ करोड ६५ लाख ५८ हजार २ सय ६१ रुपैयाँ मात्रै खर्च भएको छ।
आयोजनामा अझै १ अर्ब ३६ करोड ८४ लाख ३५ हजार ८ सय ३९ रुपैयाँ खर्च हुन बाँकी रहेको छ।
५. भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको वित्तीय प्रगति ७४.७७ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल २ अर्ब २ करोड ९७ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये १ अर्ब ५१ करोड ७६ लाख ९० हजार ८ सय ६९ रुपैयाँ खर्च भएको छ।
आयोजनामा ५१ करोड २० लाख ५३ हजार १ सय ३० रुपैयाँ खर्च हुन बाँकी छ।
र्यान्वयन क्षमतामा गम्भीर असमानता देखाएको छ।
६. सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको वित्तीय प्रगति २८.९५ प्रतिशत मात्रै रहेको छ।
आयोजनाका लागि कुल १ अर्ब १९ करोड ५७ लाख १३ हजार ३ सय ३३ रुपैयाँ बजेट विनियोजन भएको थियो।
त्यसमध्ये ३४ करोड ६१ लाख ७५ हजार ७ रुपैयाँ खर्च भएको छ भने ८४ करोड ९५ लाख ३८ हजार ३ सय २५ रुपैयाँ खर्च हुन बाँकी छ।
७. मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजनाको वित्तीय प्रगति ५४.७६ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल ७२ करोड ७२ लाख १५ हजार ६ सय ६७ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये ३९ करोड ८२ लाख ३७ हजार ५ सय ३५ रुपैयाँ खर्च भएको छ।
आयोजनामा अझै ३२ करोड ८९ लाख ७८ हजार १ सय ३१ रुपैयाँ खर्च हुन बाँकी रहेको छ।
८. पशुपति क्षेत्र विकास कोष आयोजना
पशुपति क्षेत्र विकास कोष आयोजनाको वित्तीय प्रगति १४.७८ प्रतिशत मात्रै रहेको छ।
आयोजनाका लागि ७८ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ११ करोड ६५ लाख ९७ हजार ३ सय १३ रुपैयाँ मात्रै खर्च भएको छ।
अझै ६७ करोड २५ लाख २ हजार ६ सय ८७ रुपैयाँ खर्च हुन बाँकी छ। यस आयोजनामा सम्पूर्ण रकम चालुतर्फ विनियोजन गरिएको छ भने पुँजीगततर्फ रकम विनियोजन गरिएको छैन।
९. लुम्बिनी विकास कोष आयोजना
लुम्बिनी विकास कोष आयोजनाको वित्तीय प्रगति ९०.०६ प्रतिशत पुगेको छ।
आयोजनाका लागि कुल ४९ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये ४४ करोड २० लाख ९५ हजार ६ सय ३० रुपैयाँ खर्च भएको छ।
आयोजनामा ४ करोड ८८ लाख ४ हजार ३ सय ६९ रुपैयाँ खर्च हुन बाँकी छ।
१०. राष्ट्रिय चुरे संरक्षण आयोजना
राष्ट्रिय चुरे संरक्षण आयोजनाको वित्तीय प्रगति ४४.९२ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल ८० करोड ३९ लाख ७१ हजार २ सय ७१ रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
त्यसमध्ये ३६ करोड ११ लाख ७ हजार १ सय ८३ रुपैयाँ खर्च भएको छ भने ४४ करोड २८ लाख ६४ हजार ८७ रुपैयाँ खर्च हुन बाँकी रहेको छ।
११. काठमाडौं–तराई मधेश फास्ट ट्रयाक आयोजना
काठमाडौं–तराई मधेश फास्ट ट्रयाक आयोजनाको वित्तीय प्रगति ७१.८२ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल १६ अर्ब ८९ करोड ४८ लाख ७० हजार २ सय ७९ रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
त्यसमध्ये १२ अर्ब १३ करोड ३९ लाख ५६ हजार २ सय ९१ रुपैयाँ खर्च भएको छ भने ४ अर्ब ७६ करोड ९ लाख १३ हजार ९ सय ८७ रुपैयाँ खर्च हुन बाँकी छ।
१२. पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग)
पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाको वित्तीय प्रगति ७५.५९ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल ३ अर्ब ४१ करोड ७५ लाख ९९ हजार ३ सय ३३ रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
त्यसमध्ये २ अर्ब ५८ करोड ३१ लाख ९६ हजार ६ सय ३७ रुपैयाँ खर्च भएको छ भने ८३ करोड ४४ लाख २ हजार ६ सय ९५ रुपैयाँ खर्च हुन बाँकी छ।
१३. उत्तर–दक्षिण राजमार्ग
कर्णाली, कालीगण्डकी र कोशी करिडोर समेटिएको उत्तर–दक्षिण राजमार्ग आयोजनाको वित्तीय प्रगति ८०.९५ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल ३ अर्ब ४२ करोड २९ लाख ४२ हजार ८ सय ३३ रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
त्यसमध्ये २ अर्ब ७७ करोड १० लाख ३० हजार २ सय ४४ रुपैयाँ खर्च भएको छ भने ६५ करोड १९ लाख १२ हजार ५ सय ८८ रुपैयाँ खर्च हुन बाँकी रहेको छ।
१४. हुलाकी राजमार्ग
पुलहरूसमेत समेटिएको हुलाकी राजमार्ग आयोजनाको वित्तीय प्रगति ७५.८३ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल ४ अर्ब १९ करोड ९९ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।
त्यसमध्ये ३ अर्ब १८ करोड ४८ लाख ४० हजार १ सय ४४ रुपैयाँ खर्च भएको छ भने १ अर्ब १ करोड ५१ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ खर्च हुन बाँकी छ।
१५. रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना
रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाको वित्तीय प्रगति २८.५७ प्रतिशत रहेको छ।
आयोजनाका लागि कुल २ अर्ब ७२ करोड ४३ लाख ३१ हजार ३ सय ३३ रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
त्यसमध्ये ७७ करोड ८२ लाख ७१ हजार ५ सय ९२ रुपैयाँ खर्च भएको छ भने १ अर्ब ९४ करोड ६० लाख ५९ हजार ७ सय ४० रुपैयाँ खर्च हुन बाँकी रहेको छ।
यसरी उपलब्ध तथ्यांकमा बबई सिँचाइ आयोजना ९८.१७ प्रतिशत वित्तीय प्रगतिसहित सबैभन्दा अगाडि देखिएको छ भने पशुपति क्षेत्र विकास कोष आयोजना १४.७८ प्रतिशतमा सीमित छ। राष्ट्रिय गौरवको एउटै सूचीमा रहेका आयोजनाबीचको यो ठूलो अन्तरले बजेट कार्यान्वयन क्षमतामा गम्भीर असमानता देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।