आईतवार, आश्विन २५,२०८३ 05:45:51
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:45:52
Bizshala
Global IME Bank Limited

दुई महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, पुरानै आकारलाई निरन्तरता

Bizshala
दुई महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, पुरानै आकारलाई निरन्तरता
New Office

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नयाँ सरकार गठन भएको करिब दुई महिनापछि आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले यसअघि तत्कालीन आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रस्ताव गरेको बजेटकै आकारलाई निरन्तरता दिएको छ।

बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड रुपैयाँ र संघीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, ससर्त अनुदानबाट ६ अर्ब ३ करोड रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षबाट बचत हुने ९ अर्ब ३५ करोड रुपैयाँसमेत चालु वर्षको बजेटको स्रोतका रूपमा समावेश गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा पेस गरेको बजेट पारित हुन सकेको थिएन। बजेट पारित हुन नसकेपछि प्रदेशमा राजनीतिक समीकरण परिवर्तन भई नेकपा र नेकपा एमालेको गठबन्धन सरकार गठन भएको थियो।

एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेका थिए। उनको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिनापछि प्रदेशले चालु आर्थिक वर्षको बजेट पाएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.