सोमबार, आश्विन २६,२०८३ 09:18:55
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:18:55
Bizshala
Global IME Bank Limited

कालीगण्डकीको बाढीले स्तब्ध ढकाल, भन्छन्– ‘भौतिक क्षतिभन्दा हाम्रो सामूहिक संकल्प बलियो छ’

Bizshala
कालीगण्डकीको बाढीले स्तब्ध ढकाल, भन्छन्– ‘भौतिक क्षतिभन्दा हाम्रो सामूहिक संकल्प बलियो छ’
New Office

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीको क्षति प्रत्यक्ष अवलोकन गर्दा आफू भावुक र स्तब्ध बनेको बताएका छन्। विपत्तिबीच पुनर्निर्माण तथा सडक पुनर्स्थापनामा भइरहेको सक्रियताले भने आशा र ढाढस दिएको उनको भनाइ छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आईएमई समूहको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणबाट फर्किएपछि सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको असर हृदयविदारक रहेको उल्लेख गरेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

‘प्रकृतिको यो विशाल रूप अगाडि हामी कति निरीह रहेछौँ भन्ने फेरि एकपटक बोध गराएको छ,’ उनले लेखेका छन्।

ढकालले प्रतिकूल परिस्थितिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा संरचनाको पुनर्निर्माण र मर्मत द्रुत गतिमा अघि बढिरहेको बताएका छन्। अहोरात्रको प्रयासबाट बेनी–जोमसोम सडकखण्ड पुनः सञ्चालनमा आउनुलाई उनले विपत्तिबीचको सुखद र सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार सडक खुलेसँगै स्थानीय बासिन्दा, यात्रु र सामान ढुवानीमा राहत पुगेको छ। मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी तथा जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक एवं सर्वसाधारणको आवागमन पनि सहज भएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

विपद् व्यवस्थापन, सडक पुनर्स्थापना र राहतमा सक्रियताका लागि उनले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय तहप्रति आभार व्यक्त गरेका छन्। विशेषगरी फिल्डमा खटिएका सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायको समर्पण एवं उच्च मनोबलको प्रशंसा गरेका छन्।

बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै ढकालले सामूहिक प्रयासबाट संकट पार गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

‘भौतिक क्षति पक्कै ठूलो छ, तर हाम्रो सामूहिक संकल्प र आत्मबल त्योभन्दा धेरै बलियो छ,’ उनले लेखेका छन्, ‘सबैको साथ, समन्वय र सहकार्यबाट हामी यो संकटलाई पार लगाउँदै छिट्टै अझ सबल रूपमा पुनरुत्थान हुनेछौँ।’

ढकालले निर्माणाधीन मध्य कालीगण्डकी आयोजनाको भ्रमण गरेको उल्लेख गरे पनि स्टाटसमा आयोजनामा भएको क्षतिको परिमाण वा निर्माण कार्यमा परेको असरबारे विस्तृत विवरण खुलाएका छैनन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.