बुधबार, आश्विन २८,२०८३ 09:40:04
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:40:04
Bizshala
Global IME Bank Limited

मनी लाउन्डरिङ नियन्त्रणमा गम्भीर कमजोरी, बैंक अफ अमेरिकालाई १.२ अर्ब डलर जरिवाना

Bizshala
मनी लाउन्डरिङ नियन्त्रणमा गम्भीर कमजोरी, बैंक अफ अमेरिकालाई १.२ अर्ब डलर जरिवाना
New Office

काठमाडौं । सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा अन्य गैरकानुनी वित्तीय गतिविधि पहिचान गर्न असफल भएको भन्दै अमेरिकी बैंकिङ जायन्ट बैंक अफ अमेरिकालाई १.२ अर्ब अमेरिकी डलर जरिवाना गरिएको छ।

अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बैंकले ५ अर्ब डलरभन्दा बढीको शंकास्पद कारोबार सम्बन्धित सरकारी निकायमा रिपोर्ट गर्न असफल भएको थियो। तीमध्ये करिब १ अर्ब डलर बराबरका कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय गतिविधिसँग सम्बन्धित जोखिम सिर्जना गरेको मन्त्रालयले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अर्थ मन्त्रालयका अनुसार बैंकले सम्भावित रूपमा चिनियाँ मनी लाउन्डरिङ नेटवर्कसँग जोडिएका कारोबार तथा अमेरिकाको दक्षिण–पश्चिमी सीमासँग उल्लेख्य सम्बन्ध रहेका व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण (ट्रेड–बेस्ड मनी लाउन्डरिङ) का गतिविधि पहिचान गरी रिपोर्ट गर्न सकेको थिएन।

बैंक अफ अमेरिकाले भने नियामक निकायले उठाएका विषय समाधानका लागि आवश्यक सुधारात्मक काम भइरहेको जनाएको छ। ‘नियामक निकायले उठाएका विषय समाधानका लागि आवश्यक काम पूरा गर्ने दिशामा हाम्रो टोली निकै अघि बढिसकेको छ र हामी यसप्रति प्रतिबद्ध छौं,’ बैंक अफ अमेरिकाले बीबीसीलाई भनेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बैंकका अनुसार तेस्रो त्रैमासिक नतिजामा १.२ अर्ब डलरको कर कटौतीयोग्य नभएको खर्च समावेश हुनेछ। यसले बैंकको खुद नाफामा प्रतिसेयर करिब १७ सेन्ट असर पार्नेछ। बैंकले सुधारात्मक कार्यका लागि उल्लेख्य जनशक्ति र स्रोत परिचालन गरिसकेको र त्यससँग सम्बन्धित खर्च हालको सञ्चालन खर्चमै समावेश रहेको जनाएको छ।

अमेरिकी अर्थ मन्त्रालयले लगाएको यो जरिवाना विभागको इतिहासमै तेस्रो ठूलो जरिवाना हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.