शुक्रबार, आश्विन ३०,२०८३ 04:37:48
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 04:37:48
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको नियमावली फेरिँदै, सीईओलाई अधिकतम दुई कार्यकाल

Bizshala
नारायणी डेभलपमेन्ट बैंकको नियमावली फेरिँदै, सीईओलाई अधिकतम दुई कार्यकाल
New Office

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकालसम्बन्धी व्यवस्था संशोधन गर्ने भएको छ। बैंकले आफ्नो नियमावलीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया)सँग सामञ्जस्य कायम गर्ने उद्देश्यले नियमावलीका दुई महत्वपूर्ण व्यवस्था परिवर्तन गर्न लागेको हो। 

बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियमावलीको नियम १२(ग) र नियम १५(३) संशोधन गरी आगामी साधारणसभामा प्रस्ताव पेश गरिनेछ।

हालको व्यवस्थाअनुसार बैंकका सञ्चालकको पदावधि चार वर्ष हुने र पदावधि सकिएका सञ्चालक पुनः निर्वाचित वा नियुक्त हुन सक्ने व्यवस्था छ। प्रस्तावित संशोधनमा सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुने र पुनः नियुक्त वा मनोनित हुन सक्ने व्यवस्था राखिएको छ।

तर स्वतन्त्र सञ्चालक भने एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्ने व्यवस्था स्पष्ट रूपमा समावेश गर्न लागिएको छ। बैंकले यो व्यवस्था बाफियामा रहेको प्रावधानसँग मेल खाने गरी संशोधन गर्न लागेको जनाएको छ। 

त्यस्तै बैंकले प्रमुख कार्यकारी अधिकृतको कार्यकालसम्बन्धी व्यवस्थामा पनि सीमा स्पष्ट गर्ने भएको छ। अहिले सीईओको पदावधि चार वर्ष रहने र पुनर्नियुक्ति हुन सक्ने व्यवस्था रहेकोमा संशोधनपछि कार्यकाल बढीमा चार वर्ष हुने र सीईओ अर्को एक कार्यकालका लागि मात्र पुनर्नियुक्त हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यससँगै बैंकको सीईओ एउटै संस्थामा बढीमा दुई कार्यकाल अर्थात् अधिकतम आठ वर्षसम्म जिम्मेवारीमा रहन सक्ने व्यवस्था नियमावलीमै स्पष्ट हुने देखिन्छ।

बैंकले नियमावली संशोधनको मुख्य उद्देश्य प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार संस्थागत सुशासनसम्बन्धी व्यवस्था एकरूप बनाउनु रहेको उल्लेख गरेको छ। सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल स्पष्ट हुँदा नेतृत्वको निरन्तरता र सुशासनसम्बन्धी कानुनी प्रावधान कार्यान्वयनमा समेत सहज हुने अपेक्षा गरिएको छ।

बैंकले उक्त संशोधन प्रस्ताव साधारणसभाबाट पारित भएपछि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी कार्यान्वयन गर्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors
Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.