शुक्रबार, आश्विन ३०,२०८३ 05:36:15
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 05:36:16
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंक र सिटीटेकबीच सहकार्य, ‘लुप’ नेटवर्कबाट इन्स्ट्यान्ट पर्चेज क्रेडिट र ईएमआई सुविधा

Bizshala
सिटिजन्स बैंक र सिटीटेकबीच सहकार्य, ‘लुप’ नेटवर्कबाट इन्स्ट्यान्ट पर्चेज क्रेडिट र ईएमआई सुविधा
New Office

काठमाण्डौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग सहकार्य गर्दै ‘लुप’ नेटवर्कमा इश्युअर बैंकका रूपमा आबद्ध हुने प्रारम्भिक सम्झौता गरेको छ। यस सहकार्यसँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा अझ सहज रूपमा उपयोग गर्न सक्ने भएका छन्।

सम्झौतापछि सिटिजन्स बैंकका योग्य डेबिट कार्ड तथा क्रेडिट कार्डवाहकले ‘लुप’ नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा इन्स्ट्यान्ट पर्चेज क्रेडिट सुविधा लिन सक्नेछन्।

त्यस्तै ग्राहकले सिटिजन्स बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गरेको भुक्तानीलाई सहज रूपमा मासिक किस्ताबन्दी अर्थात् ‘लुप ईएमआई’ मा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ।

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकका अनुसार यो सुविधाले ग्राहकलाई आवश्यकताअनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न, खरिद प्रक्रिया सहज बनाउन र सरल भुक्तानीको अनुभव लिन सहयोग पुर्‍याउनेछ।

सिटीटेक ग्रुपसँगको सहकार्यले डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप सरल र पहुँचयोग्य बनाउने विश्वास बैंकले लिएको छ। यसबाट ग्राहकले आधुनिक डिजिटल बैंकिङ सेवाको लाभ लिँदै आफ्नो दैनिक खरिद तथा भुक्तानीलाई अझ सहज बनाउन सक्ने बैंकको अपेक्षा छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

त्यस्तै बैंकले पछिल्लो समय नयाँ पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरलाई लक्षित गर्दै बैंकले ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ। बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा उपलब्ध गराउनुका साथै क्रस–बैंक टेलर सुविधासमेत सञ्चालन गर्दै आएको जनाएको छ।

सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत २० लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.