मंगलवार, बैशाख ९,२०८२ 06:45:55
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 06:45:55
IME remit
Global IME Bank Limited

नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध

Hyundai Nepal
नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो ।

यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।

विभागले नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका मसला पाउडर र एमडीएच ब्रान्डका तीन थरी मसला आयातमा रोक लगाएको छ ।  यसअघि ‘हङकङ र सिंगापुरमा यी द्ई ब्राण्डका मसलामा प्रतिबन्ध लगाएको थियो । हङकङको खाद्य सुरक्षा विभागले एमडीएच प्राइभेट लिमिटेड र एभरेस्ट प्रोडक्ट्स लिमिटेडका करी मसलाहरुको बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।  

विभागले यी दुवै कम्पनीका मसलाहरुमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै भेटिएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यी प्रडक्टहरुमा उल्लेख गरिएको किटनाशकको मात्रा धेरै भएकाले यसले क्यान्सर हुने खतरा बढी हुने जनाइएको छ । हङकङले प्रतिबन्ध लगाउनुअघि सिंगापुरले पनि यहि कारण एभरेष्ट मसलाको फिश करी मसलालाई बजारबाट फिर्ता मगाउने निर्देशन जारी गरेको थियो ।  

हङकङको खाद्य सुरक्षा विभागले एमडीएम ग्रुपको तीनवटा मसला–मिक्स मद्रास करी पाउडर, साम्भर मसला पाउडर र करी पाउडरमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै पाइएको जनाएको छ ।  

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ले एथिलीन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनको रुपमा बर्गिकरण गरेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.