काठमाण्डौ । मर्जरपश्चात कायम भएको सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।
यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेमा कम्पनीको कुल २ लाख ५६ हजार ५० कित्ता सेयर सूचीकृत भएको छ ।
साविकका सामुदायिक र बिपिपडब्लु लघुवित्त १ः०.८५३५ अनुपातमा मर्ज भएका थिए ।
सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता ८८७.३९ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । अब आईतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एसएलबीएसएल’ संकेत प्रदान गरेको छ ।