काठमाण्डौ । दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार लामो अन्तरालपछि बस्न लागेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।