बुधबार, कार्तिक १८,२०८३ 10:35:31
  • बुधबार, कार्तिक १८,२०८३ 10:35:31
Global IME Bank Limited

अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च

Bizshala
अमेरिकी मध्यावधि निर्वाचनमा मस्कको ४४ करोड ६० लाख डलर खर्च
New Office

काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा करिब ४४ करोड ६० लाख डलर खर्च गरेका छन्। नोभेम्बर ३ मा भएको निर्वाचनमा उनको खर्च व्यक्तिगत दातामध्ये सबैभन्दा बढी हो।

स्वतन्त्र संस्था ओपन सेक्रेट्सका अनुसार यसपटक अमेरिकी मध्यावधि निर्वाचनको कुल खर्च ११ अर्ब ९० करोड डलर पुग्ने अनुमान छ। यो सन् २०२२ को मध्यावधि निर्वाचनमा भएको खर्चभन्दा करिब ३० प्रतिशत बढी हो। यससँगै निर्वाचन अमेरिकी इतिहासकै सबैभन्दा खर्चिलो बन्ने देखिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संघीय निर्वाचन आयोग (एफईसी)मा अक्टोबर मध्यसम्म बुझाइएको विवरणअनुसार यस निर्वाचन चक्रमा ९ अर्ब ५० करोड डलरभन्दा बढी खर्च भइसकेको छ। त्यसमध्ये राजनीतिक एक्सन कमिटी ९प्याक० र सुपर प्याकको खर्च मात्रै करिब ५ अर्ब ५० करोड डलर छ।

मस्कले आफ्नो अधिकांश रकम आफूले सन् २०२४ मा स्थापना गरेको अमेरिका प्याक र रिपब्लिकन पक्षधर सिनेट लिडरसिप फन्डमार्फत परिचालन गरेका छन्। उनको मुख्य लगानी टेक्सासको सिनेट निर्वाचनमा केन्द्रित छ, जहाँ रिपब्लिकन उम्मेदवार केन प्याक्सटन र डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिको प्रतिस्पर्धामा छन्। अमेरिका प्याकले टेक्सासमा ४ करोड ५० लाख डलरभन्दा बढी खर्च गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

यस निर्वाचनमा अर्बपति जर्ज सोरोसले स्थापना गरेका दुई संस्थाले उदारवादी समूहलाई १० करोड २० लाख डलर दिएका छन्। त्यस्तै, माइकल ब्लुमबर्गले डेमोक्रेटिक पक्षलाई ६ करोड डलरभन्दा बढी उपलब्ध गराएका छन्। रिपब्लिकन पक्षधर समूहलाई जेफ यास तथा रिचर्ड र एलिजाबेथ उलेनले पनि १० करोड डलरभन्दा बढी दिएका छन्।

क्रिप्टो कम्पनी रिपल र क्वाइनबेसले पनि उद्योगको हित प्रवर्द्धन गर्ने सुपर प्याकलाई संयुक्त रूपमा ६ करोड ३० लाख डलर उपलब्ध गराएका छन्।

चुनावी खर्चको ठूलो हिस्सा विज्ञापनमा केन्द्रित छ। एडइम्प्याक्टका अनुसार अक्टोबरको अन्त्यसम्म विज्ञापनमा मात्रै ११ अर्ब १५ करोड डलर खर्च भइसकेको छ। टेलिभिजन विज्ञापनमा सबैभन्दा बढी रकम खर्च भए पनि डिजिटल विज्ञापनको हिस्सा पनि बढ्दै गएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.