बुधबार, कार्तिक १८,२०८३ 05:38:16
  • बुधबार, कार्तिक १८,२०८३ 05:38:16
Global IME Bank Limited

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाख बढीको कारोबार गरेको खुलासा

Bizshala
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाख बढीको कारोबार गरेको खुलासा
New Office

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्य भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हालाई ठमेलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा सिन्हामाथि निगरानी गरिएको थियो।

पक्राउपछि उनको साथबाट बरामद दुई थान मोबाइल परीक्षण गर्दा विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रारम्भिक अनुसन्धानमा सिन्हाले ती साइटमार्फत कुल ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

प्रहरीले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.