नरेफाँट र सामाखुसीबाट ३७२ सिलिन्डर ग्यास बरामद, कालोबजारी आरोपमा दुई जना पक्राउ
काठमाण्डौ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला काठमाडौँका दुई स्थानबाट प्रहरीले एकैदिन ३७२ वटा ग्यास सिलिन्डर बरामद गरेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटबाट १८३ थान र सामाखुसी क्षेत्रबाट १८९ थान सिलिन्डर बरामद गरेको हो।ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको आरोपमा...

