काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन्।
शनिबार मध्यरातदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बाहिरिएका हुन्।
प्रहरीले भने जबरालाई औपचारिक रूपमा पक्राउ नगरिएको र सुरक्षा कारणले कार्यालयमा ल्याइएको दाबी गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट टेकु ल्याएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई कार्यालयबाट सुरक्षित स्थानमा पठाइएको जानकारी दिएका छन्।
कार्यालयका एक अधिकृतका अनुसार जबरा टेकुस्थित कार्यालयबाट निस्किसकेका छन् र उनलाई सुरक्षित स्थानमा पुर्याइएको छ।
जबरालाई किन राति नै निवासबाट प्रहरी कार्यालयमा ल्याइयो भन्ने विषयमा भने प्रहरीले विस्तृत कारण सार्वजनिक गरेको छैन। प्रहरीले सुरक्षा प्रयोजनका लागि ल्याइएको बताउँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।