काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीचको आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको हो।
भेटका क्रममा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा सहकार्यका सम्भावित क्षेत्रबारे कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।