बिहीबार, कार्तिक १९,२०८३ 06:46:44
  • बिहीबार, कार्तिक १९,२०८३ 06:46:44
Global IME Bank Limited

७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने अर्थमन्त्रीको घोषणा

Bizshala
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने अर्थमन्त्रीको घोषणा
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर अर्थात् करिब १३३ खर्ब रुपैयाँ पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्।

नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सोही अवधिमा नेपालीको प्रतिव्यक्ति आय ३ हजारदेखि ३ हजार ३०० अमेरिकी डलरसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

उनका अनुसार सरकार सुशासनमा ‘बिग हिट’, आर्थिक सुधारमा ‘बिग ब्याङ’ र पूर्वाधार विकासमा ‘बिग पुस’ को रणनीतिसहित अघि बढिरहेको छ।

आर्थिक सुधार र लगानी वातावरण सहज बनाउन सरकारले ५९ वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने तयारी गरिरहेको पनि वाग्लेले जानकारी दिए। उनले यसलाई व्यापक कानुनी सुधारको प्याकेजका रूपमा अघि बढाइने बताए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारको वार्षिक बजेट र हालको पुँजीगत खर्चले मात्रै आवश्यक पूर्वाधार निर्माण सम्भव नहुने भन्दै वाग्लेले निजी क्षेत्रको पुँजी व्यापक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई तीव्र गतिमा विस्तार गर्न निजी लगानी, वैकल्पिक वित्त र ठूला पूर्वाधार आयोजनामा नयाँ मोडल आवश्यक छ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रवेशले विद्युत् उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले अब निजी क्षेत्रलाई विद्युत् व्यापार र सडक पूर्वाधार निर्माणमा समेत क्रमशः सहभागी गराइने बताए।

यसका लागि ‘हाइब्रिड एन्युइटी मोडल’ र वैकल्पिक विकास वित्त कोष कार्यान्वयनमा ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ।

Garima Development Bank
Bizshala
IME remit

विश्व बैंक र एसियाली विकास बैंकजस्ता विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण वित्तको दायरा क्रमशः साँघुरिँदै गएको उल्लेख गर्दै वाग्लेले ग्रिन इनर्जी बन्ड, अफसोर बन्ड तथा अन्य वैकल्पिक वित्तीय उपकरणबाट स्रोत जुटाउनुपर्ने आवश्यकता औँल्याए।

गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा सहज प्रवेश गराउने गरी आवश्यक कानुनी सुधार अघि बढाइएको पनि उनले बताए।

अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्ने दाबीसमेत गरे। उनका अनुसार सरकार सुशासन, सेवा प्रवाह र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन आर्थिक रूपान्तरणको आधार तयार गर्न केन्द्रित छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.