शुक्रबार, कार्तिक २०,२०८३ 04:26:03
  • शुक्रबार, कार्तिक २०,२०८३ 04:26:03
Global IME Bank Limited

सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

Bizshala
सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा
New Office

 

काठमाण्डौ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको उजुरीपछि अनुसन्धान गरिएको थियो।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक तथा तत्कालीन वडा अध्यक्ष शुकविर तामाङको संलग्नता रहेको दाबी गरेको छ।

आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वडा अध्यक्ष तामाङको दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरी आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का तीन–तीनवटै चौमासिकमा सामाजिक सुरक्षा भत्ताबापत २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको देखिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, लाभग्राहीको नाम दोहोर्‍याएर रकम वितरण गरेको देखाउने, मृत्यु भएका व्यक्तिको लगत कट्टा नगर्ने तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका व्यक्तिको नामसमेत कायम राखी भत्ता वितरण भएको देखाउने काम गरिएको आयोगको आरोप छ।

यस्ता गलत विवरणका आधारमा पेश्की फर्छ्योट गरी थप २ लाख ५२ हजार रुपैयाँ हिनामिना गरिएको अख्तियारले जनाएको छ। यसरी कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको आयोगको दाबी छ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

त्यस्तै, तत्कालीन वडा अध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ।

आयोगले पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी अभिलेखमा बदनियतपूर्वक हेरफेर गरेको कसुरमा सजाय माग गरेको छ।

बिगो असुलउपर, बिगोबमोजिम जरिवाना तथा कानुनबमोजिम कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.