मालपोत अधिकृतसहित ५ जनाविरुद्ध साढे ४ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगरस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी राज्यलाई करोडौं रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बा लक्ष्मणप्रसाद...

