काठमाण्डौ । मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मुख्य सचिव बैकुण्ठ अर्याल व्रिरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै अर्याल निलम्बनमा परेका हुन् ।
निजामती सेवा ऐन अनुसार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जना विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । ख्तियारले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।