मंगलवार, श्रावण २६,२०८३ 04:47:06
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 04:47:06
Bizshala
Global IME Bank Limited

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

Prabhu Bank Limited
मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
New Office

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले मदिराको स्टिकर छपाईमा मुख्यसचिव अर्यालसहितका अधिकारीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।  अख्तियारले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको छ । 

विस २०७९ असोज ४ मा अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरिएको थियो । उक्त अन्तःशुल्क स्टिकर छपाइको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो । प्रिन्टसेलले प्रतिथान ८९ पैसाका दरले ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने ठेक्का पाएको थियो ।  

त्यहि स्टिकर छपाईमा ४ गुणा बढी लागतमा ठेक्का सम्झौता भएको देखिएको छ । त्यसअघि यस्तै स्टिकर प्रतिथान अधिकतम २५ पैसासम्म पर्ने गर्दथ्यो ।   बैकुण्ठ अर्याल र सेक्युरिटी प्रिन्टिङ सेन्टरका कार्यकारी निर्देशन पौडेलसहितका अधिकारीले ठेक्का निर्णय गरेका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X