मंगलवार, आश्विन २७,२०८३ 08:15:31
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:15:31
Bizshala
Global IME Bank Limited

एकैपटक ६ सचिवको सरुवा, प्रधानमन्त्री कार्यालयका शर्मा अख्तियारमा

Bizshala
एकैपटक ६ सचिवको सरुवा, प्रधानमन्त्री कार्यालयका शर्मा अख्तियारमा
New Office

 

काठमाण्डौ ।  सरकारले एकैपटक ६ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो।

निर्णयअनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई महावीर पुन नेतृत्वको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव बनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहने गरी सरुवा गरिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि सरुवाको पत्र प्राप्त गरिसकेका सचिवहरू नयाँ जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको बताइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X