काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ईलाम र महोत्तरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बेंकले
सामाजिक उत्तरदायित्वअन्तर्गत ईलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसननगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरेको हो । यो कार्यले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुग्ने बैंकले जनाएको छ ।
हरियाली प्रवद्धनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको थियोे ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।