आईतवार, मंसिर ६,२०८३ 08:59:52
  • आईतवार, मंसिर ६,२०८३ 08:59:52
Global IME Bank Limited

नेपाल–भारत सम्बन्धमा नयाँ सोच आवश्यक, संस्कृति मात्र होइन शिक्षा र रोजगारीमा पनि सहकार्य बढाउन जोड

Bizshala
नेपाल–भारत सम्बन्धमा नयाँ सोच आवश्यक, संस्कृति मात्र होइन शिक्षा र रोजगारीमा पनि सहकार्य बढाउन जोड
New Office

 

काठमाण्डौ । नेपाल र भारतबीचको परम्परागत सांस्कृतिक सम्बन्धलाई बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकताअनुसार पुनर्परिभाषित गर्नुपर्नेमा दुवै देशका विज्ञहरूले जोड दिएका छन्।

आइतबार आयोजित नेपाल–भारत नीति विमर्शअन्तर्गत ‘एसियन सांस्कृतिक सम्पदा’ विषयक कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरूले ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई शिक्षा, प्रविधि, रोजगारी, सीप विकास तथा खेलकुदसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन्।

इन्डिया फाउन्डेसनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ पुस्ताको सोच र आकांक्षाअनुसार परिमार्जन गर्न आवश्यक रहेको बताइन्। युवापुस्ताको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्ने गरी दुवै देशले आफ्ना नीति तथा कार्यक्रम अद्यावधिक गर्नुपर्ने उनको भनाइ थियो।

नेपाली शोधकर्ता अशोक राई प्यासीले पुस्तान्तरणसँगै सांस्कृतिक मूल्य र परम्पराको हस्तान्तरण पनि हुने भएकाले युवालाई आफ्नो मौलिक संस्कृतिबारे जानकार बनाउनुपर्ने बताए। उनले युवाहरूको सिर्जनशीलता र दक्षता अभिवृद्धिमा नेपाल र भारतले संयुक्त कार्यक्रम सञ्चालन गर्न सक्ने धारणा राखे।

भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीनिवास बरखेडीले नेपाल र भारतबाट विकसित सांस्कृतिक परम्पराले समग्र एसियाली सभ्यतामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसको मौलिकता र विशिष्टता संरक्षण गर्नुपर्नेमा जोड दिए।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा भारतीय प्राध्यापक माधुरी सुखिजाले दुई देशबीच शिक्षा, संस्कृति र खेलकुदका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप संस्थागत गर्नुपर्ने बताइन्।

काठमाण्डौ विश्वविद्यालयका लागि भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) प्रमुखसमेत रहेकी सुखिजाले संयुक्त शैक्षिक कार्यक्रममार्फत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सकिने धारणा राखिन्।

उनले प्रविधिको तीव्र विकाससँगै नयाँ पुस्ताको सोच र जीवनशैलीमा परिवर्तन आएको उल्लेख गर्दै ऐतिहासिक सम्बन्धको विरासतमा मात्र निर्भर रहन नहुने बताइन्।

युवा पलायन दुवै देशको साझा चुनौती

भारतको मौलाना अबुल कलाम आजाद इन्स्टिच्युट अफ एसियन स्टडिजका निर्देशक प्राध्यापक सरुपप्रसाद घोषले नेपाल र भारत दुवैले युवाको सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने बताए।

उनले दक्ष जनशक्तिको विदेश पलायन (ब्रेन ड्रेन) र बढ्दो बसाइँसराइ दुवै मुलुकका लागि चुनौतीका रूपमा देखिएको उल्लेख गरे।

युवापुस्तामा देखिएका सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि प्रभावकारी नीति निर्माण आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, भारतको विद्यान गंगा बेसिन फाउन्डेसन अफ रिसर्च एन्ड सस्टेनेबल पोलिसीका निर्देशक आनन्दकुमार श्रीवास्तवले नेपाल र भारतमा युवा जनसंख्याको ठूलो हिस्सा रहेकाले त्यसलाई आर्थिक विकास र उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने बताए।

उनले दुवै मुलुकमा ४० प्रतिशतभन्दा बढी युवा जनसंख्या रहेको उल्लेख गर्दै युवा शक्तिको सदुपयोग गर्न सके आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

नेपालमा स्थिर सरकार रहेकाले द्विपक्षीय सहकार्य विस्तारका लागि अनुकूल वातावरण बनेको उनको भनाइ थियो।

श्रीवास्तवले नेपालको अर्गानिक उत्पादनले भारतीय बजारमा राम्रो सम्भावना बोकेको उल्लेख गर्दै कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा युवालाई आकर्षित गर्न सुझाव दिए।

कार्यक्रमका सहभागीहरूले नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक तथा सांस्कृतिक निकटतामा मात्र सीमित नराखी नयाँ पुस्ताको आर्थिक अवसर, उद्यमशीलता, प्रविधि हस्तान्तरण र मानव संसाधन विकाससँग जोड्नुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन्।

दुई देशबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउन संयुक्त शैक्षिक कार्यक्रम, सीप विकास, युवा उद्यमशीलता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा संस्थागत सहकार्य विस्तार गर्नुपर्नेमा उनीहरूको जोड थियो।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.