मंगलवार, मंसिर ८,२०८३ 12:12:44
  • मंगलवार, मंसिर ८,२०८३ 12:12:44
Global IME Bank Limited

आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

Bizshala
आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह
New Office

 

काठमाण्डौ । आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ। सरकारले विपद्को पूर्वसूचना दिने अत्याधुनिक सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System–CBS) को प्रारम्भिक परीक्षण गर्न लागेकाले यस्तो सन्देश आउन सक्ने भएको हो।

गृह मन्त्रालयका अनुसार आज मंसिर ७ गते सोमबार साँझ ५ः३० बजे काठमाण्डौका केही स्थानमा २जी मोबाइल नेटवर्कमार्फत उक्त प्रणालीको प्राविधिक परीक्षण गरिनेछ।

परीक्षणका क्रममा तोकिएका क्षेत्रका केही मोबाइल प्रयोगकर्ताको फोनमा चेतावनी ध्वनिसहित सन्देश प्राप्त हुन सक्नेछ।

मन्त्रालयले यस्तो सन्देश आएमा नआत्तिन र कुनै प्रतिक्रिया वा अतिरिक्त कदम नचाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मोबाइलमा 'TEST ALERT' सन्देश आउने

परीक्षणका क्रममा मोबाइलमा प्राप्त हुने सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ।

सन्देशमा 'यो परीक्षण सन्देश हो' तथा 'TEST ALERT' भनेर स्पष्ट उल्लेख गरिएको हुनेछ।

CG Motors
Garima Development Bank
IME remit

एउटै मोबाइलमा यस्तो सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने गृह मन्त्रालयले जनाएको छ।

यो वास्तविक विपद्को चेतावनी नभई प्रणालीको प्राविधिक क्षमता जाँच गर्न गरिने परीक्षण मात्रै भएको मन्त्रालयले स्पष्ट पारेको छ।

बाढीपहिरो र भूकम्पको सूचना मोबाइलमै पठाउने तयारी

सरकारले विपद्को समयमा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकसम्म तत्काल सूचना पुर्‍याउने उद्देश्यले नेपालमै विकास गरिएको सेल ब्रोडकास्ट प्रविधिको परीक्षण गर्न लागेको हो।

यो प्रणालीमार्फत बाढी, पहिरो, भूकम्पलगायत विभिन्न विपद्सँग सम्बन्धित पूर्वसूचना तथा सुरक्षाका निर्देशन प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा पठाउन सकिनेछ।

विशेषगरी विपद्को जोखिम रहेका स्थानका नागरिकलाई समयमै सचेत गराएर सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो प्रविधि विकास गरिएको हो।

गृह मन्त्रालय र नेपाल टेलिकमको समन्वयमा परीक्षण

सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण गृह मन्त्रालय, सम्बन्धित सरकारी निकाय तथा नेपाल टेलिकमको समन्वयमा सञ्चालन हुनेछ।

पहिलो चरणमा काठमाण्डौका सीमित क्षेत्रमा २जी मोबाइल सञ्जालमार्फत परीक्षण गरिनेछ।

यस परीक्षणबाट प्राप्त हुने प्राविधिक नतिजाका आधारमा प्रणालीको प्रभावकारिता मूल्यांकन गर्न सकिनेछ।

विपद्को समयमा जोखिमयुक्त क्षेत्रका नागरिकलाई छिटो सूचना उपलब्ध गराउन यस्तो प्रणाली महत्वपूर्ण हुन सक्ने अपेक्षा गरिएको छ।

गृह मन्त्रालयले आज साँझ मोबाइलमा अचानक चेतावनी ध्वनि बजेर सन्देश आए पनि नआत्तिन र त्यसलाई नियमित प्राविधिक परीक्षणका रूपमा लिन सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.