गृह मन्त्रालयमा ‘टप हेभी’ संरचना घटाइयो, ९ सहसचिव कटौती हुँदा तल्लो तहमा १२९ दरबन्दी थप
काठमाण्डौ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत आफ्नो मातहतको कर्मचारी संरचनामा ठूलो फेरबदल गरेको छ। नयाँ संरचनामा उच्च तहका सहसचिवको दरबन्दी घटाइएको छ भने सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने तल्लो तहका कर्मचारीको संख्या उल्लेख्य रूपमा बढाइएको छ।नयाँ ओएण्डएमअनुसार गृह मन्त्रालयअन्तर्गत कुल कर्मचारी दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार...

