• बुधबार, भाद्र २५,२०८२ 11:55:44
Global IME Bank Limited

ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात

Hyundai Nepal
ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात

काठमाण्डौ । नेपाली अटो क्षेत्र ईभीमय बनेको छ । विद्युतीय सवारी (ईभी गाडी) प्रयोगकर्ताको संख्या बढेसँगै विभिन्न मुलुकबाट आयात ह्वात्तै बढ्न थालेको छ ।  

भन्सार विभागका अनुसार वैशाख महिनामा १४ सय बढी ईभी गाडी (जीप, कार र भ्यान) भित्रिएका छन् । सो महिनामा ३ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १ हजार ४०४ युनिट ईभी गाडी भित्रिएको हो ।  

यो अघिल्लो चैत महिनाको तुलनामा १९.७९ प्रतिशतले बढी हो । चैत महिनामा ६८५ युनिट वटा मात्रै ईभी गाडी भित्रिएको थियो ।  

विद्युतीय सवारीमा नेपालीहरुको आकर्षणले गर्दा व्यवसायीहरुले समेत धमाधम ईभी गाडी आयात गरेको तथ्याङ्कले देखाएको छ । आवश्यक पूर्वाधार बन्दै गएपछि विद्युतीय सवारी साधन प्रयोगकर्ता पनि बढ्न थालेको भन्सार विभागले जनाएको छ ।  

विभागका अनुसार सबेभन्दा बढी छिमेकी राष्ट्र चीनबाट विद्युतीय सवारी भित्रिने गरेको छ । नेपालमा इन्धनको मूल्य बढ्दै जाँदा विद्युतीय सवारी साधन खरिद गर्नेको संख्या पनि बढ्न थालेको विभागले जनाएको छ ।  

विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म अर्थात् वैशाखसम्ममा भने कुल २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरकाा ८ हजार ४९७ युनिट ईभी गाडी नेपाल भित्रिएका छन् ।  

सबैभन्दा बढी चीनबाट १५ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको ५ हजार ५४७ युनिट ईभी गाडी आयात भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, भारतबाट ५२ कारेड ६६ लाख बराबरको २ हजार ७४५ वटा, कोरियाबाट २७ करोड ३७ लाख बराबरका ४८ वटा इभि आयात भएको छ । यस्तै, जर्मनबाट ८ करोड २४ लाखका १३ वटा, इन्डोनेसियाबाट पनि २७ करोड ४८ लाख बराबरको १४१ वटा र अमेरिकाबाट १ करोड ६६ लाख बढीको ३ वटा इभि गाडी आयात भएको विभागले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले समेत मुलुकलाई वायु प्रदुषणमुक्त बनाउन र इन्धनको खपत घटाउन विद्युतीय सवारी साधन प्रयोगमा जोड दिदैं आइरहेको छ । प्राधिकरणले नेपालका विभिन्न सय भन्दा बढी स्थानमा चार्जिङ स्टेशन स्थापना समेत गरिसकेको छ ।  

सरकारले राजस्व संकलनमा धक्का लागेपछि विद्युतीय सवारी साधननमा कर बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट विद्युतीय सवारी साधनमा कर बढाउने तयारी गरिएको छ । आगामी आवको बजेटबाट कर बढ्ने भएपछि व्यवसायीहरुले उल्लेख्य ईभी गाडी आयात गरेको हुनसक्ने अनुमान गरिएको छ ।  

नेपालका लागि आधिकारिक विक्रेता तथा व्यवसायीहरुले भने नेपालमा बढ्दो विद्युतीय सवारी माग बमोजिम विद्युतीय सवारी भित्रिएको बताउँदै आएका छन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.