शुक्रबार, जेष्ठ १,२०८३ 06:28:59
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:28:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात

Laxmi Sunrise Bank Limited
ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात
Shivam Cement

काठमाण्डौ । नेपाली अटो क्षेत्र ईभीमय बनेको छ । विद्युतीय सवारी (ईभी गाडी) प्रयोगकर्ताको संख्या बढेसँगै विभिन्न मुलुकबाट आयात ह्वात्तै बढ्न थालेको छ ।  

भन्सार विभागका अनुसार वैशाख महिनामा १४ सय बढी ईभी गाडी (जीप, कार र भ्यान) भित्रिएका छन् । सो महिनामा ३ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १ हजार ४०४ युनिट ईभी गाडी भित्रिएको हो ।  

यो अघिल्लो चैत महिनाको तुलनामा १९.७९ प्रतिशतले बढी हो । चैत महिनामा ६८५ युनिट वटा मात्रै ईभी गाडी भित्रिएको थियो ।  

विद्युतीय सवारीमा नेपालीहरुको आकर्षणले गर्दा व्यवसायीहरुले समेत धमाधम ईभी गाडी आयात गरेको तथ्याङ्कले देखाएको छ । आवश्यक पूर्वाधार बन्दै गएपछि विद्युतीय सवारी साधन प्रयोगकर्ता पनि बढ्न थालेको भन्सार विभागले जनाएको छ ।  

विभागका अनुसार सबेभन्दा बढी छिमेकी राष्ट्र चीनबाट विद्युतीय सवारी भित्रिने गरेको छ । नेपालमा इन्धनको मूल्य बढ्दै जाँदा विद्युतीय सवारी साधन खरिद गर्नेको संख्या पनि बढ्न थालेको विभागले जनाएको छ ।  

विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म अर्थात् वैशाखसम्ममा भने कुल २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरकाा ८ हजार ४९७ युनिट ईभी गाडी नेपाल भित्रिएका छन् ।  

सबैभन्दा बढी चीनबाट १५ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको ५ हजार ५४७ युनिट ईभी गाडी आयात भएको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, भारतबाट ५२ कारेड ६६ लाख बराबरको २ हजार ७४५ वटा, कोरियाबाट २७ करोड ३७ लाख बराबरका ४८ वटा इभि आयात भएको छ । यस्तै, जर्मनबाट ८ करोड २४ लाखका १३ वटा, इन्डोनेसियाबाट पनि २७ करोड ४८ लाख बराबरको १४१ वटा र अमेरिकाबाट १ करोड ६६ लाख बढीको ३ वटा इभि गाडी आयात भएको विभागले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले समेत मुलुकलाई वायु प्रदुषणमुक्त बनाउन र इन्धनको खपत घटाउन विद्युतीय सवारी साधन प्रयोगमा जोड दिदैं आइरहेको छ । प्राधिकरणले नेपालका विभिन्न सय भन्दा बढी स्थानमा चार्जिङ स्टेशन स्थापना समेत गरिसकेको छ ।  

सरकारले राजस्व संकलनमा धक्का लागेपछि विद्युतीय सवारी साधननमा कर बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट विद्युतीय सवारी साधनमा कर बढाउने तयारी गरिएको छ । आगामी आवको बजेटबाट कर बढ्ने भएपछि व्यवसायीहरुले उल्लेख्य ईभी गाडी आयात गरेको हुनसक्ने अनुमान गरिएको छ ।  

नेपालका लागि आधिकारिक विक्रेता तथा व्यवसायीहरुले भने नेपालमा बढ्दो विद्युतीय सवारी माग बमोजिम विद्युतीय सवारी भित्रिएको बताउँदै आएका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X