मंगलवार, फाल्गुन ५,२०८२ 11:23:49
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:23:49
Bizshala
Global IME Bank Limited

वाट्सएपले रातको समयमा प्रयोगकर्ताको डेटा चोरी गर्ने गरेको एलन मस्कको आरोप

वाट्सएपले रातको समयमा प्रयोगकर्ताको डेटा चोरी गर्ने गरेको एलन मस्कको आरोप
Shivam Cement

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले चर्चित म्यासेजिङ एप वाट्सएपमाथि गम्भिर आरोप लगाएका छन् । मस्कले वाट्सएपले दैनिक रुपमा रातको समयमा प्रयोगकर्ताको डेटा ट्रान्सफर गर्ने गरेको आरोप लगाएका हुन् ।  

एलन मस्कले ट्विटरका पूर्व कर्मचारीको पोस्ट एक्स प्लेटफर्ममा रि–शेयर गर्दै यस्तो आरोप लगाएका हुन् । ती कर्मचारीले १२ घण्टाको समाचारको रिक्याप पोस्ट गरेका छन् । जसको नवौं नम्बरमा वाट्सएपले रातको समयमा प्रयोगकर्ताको डेटा एक्सपोर्ट गर्ने उल्लेख गरिएको छ । यो डेटालाई विश्लेषण गरिने र विज्ञापनका लागि प्रयोग गरिने उल्लेख गरिएको छ ।  

मस्कले मेटाको आलोचना गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि अर्थात यो महिनाको सुरुवातमा मस्कले मेटाको विज्ञापन रणनीतिका बारेमा आलोचना गरेका थिए । उनले मेटालाई लोभीको संज्ञा दिएका थिए ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मस्कले मेटामाथि आलोचना गरेपछि उनको पोस्टमा आलोचनात्मक कमेन्टहरु आउन थालेका छन् । केहिले भने वाट्सएपको नीति गलत भएको भन्दै उनको समर्थन गरिरहेका छन् । -एजेन्सी

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.