सोमबार, असार २,२०८२ 12:34:35
  • सोमबार, असार २,२०८२ 12:34:35
Global IME Bank Limited

योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

Hyundai Nepal
योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयोगको पूर्ण बैठकबाट स्वीकृति भएसँगै यो प्रतिवेदन अब मन्त्रीपरिषद बैठकमा पेश हुनेछ । दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट पारित गर्न बस्ने मन्त्रीपरिषद बैठकले आयोगको प्रतिवेदन अनुमोदन गर्नेछ । त्यसपछि बजेटसँगै प्रतिवेदन संसदमा समेत टेबुल हुनेछ ।  

आयोगका एक सदस्यकाअनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनियोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ ।

आयोगको पूर्ण बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री दाहालसहित, उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्यहरु र सदस्य सचिव लगायतको सहभागिता थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.