राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त
काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म उक्त पदमा कार्यरत डा. शिव अधिकारीलाई हटाएर उनको स्थानमा अर्घाखाँची निवासी डा. श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।

