काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म उक्त पदमा कार्यरत डा. शिव अधिकारीलाई हटाएर उनको स्थानमा अर्घाखाँची निवासी डा. श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।
डा. अधिकारीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा सुनिती श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।

