सोमबार, असार २,२०८२ 03:18:37
  • सोमबार, असार २,२०८२ 03:18:37
Global IME Bank Limited

५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने

Hyundai Nepal
५ वर्षमा आर्थिक वृद्धिदर ७.३% पुर्‍याउने लक्ष्य, प्रतिव्यक्ति आय २३ सय डलर पुग्ने
Nabil Bank Limited

काठमाण्डौ । देशको आर्थिक वृद्धिदर आगामी ५ वर्षमा ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको १६ औं योजनाको लक्ष्यअन्तर्गत आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो ।  

यस्ते आयोगका अनुसार वार्षिक प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । यो अवधिमा गरिबीको रेखामुनी रहेको जनसङ्ख्या २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।  

मानव विकास सूचनाङ्क ०.६५ पुर्‍याउने लक्ष्य राखिएकोमा मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट बढाए र ७८ पुर्‍याउने लक्ष्य रहेको आयोगले जनाएको छ । यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य रहेको छ । आयोगले आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य लिइएको जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आम नेपालीको औषतआयु पनि ७१.३ बाट बढाएर ७३ वर्ष पुर्‍याउने लक्ष्य लिइएको छ ।  

यसैगरि,१६ औं योजनामा साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । १६ औं योजनको अनुमानित लागत १११ खर्ब रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.