काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
बैंकले जेठ २० गतेदेखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।
बंैकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बंैकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बंैकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका थिए ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मीनलस् र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।