काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २४६ औंैं संञ्चालक समितिको बैठकले थापालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेका हो ।
आजको औपचारिक कार्यक्रममा थापाले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षपदको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तनपश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
विश्रुत थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ । थापा चार्टर्ड एकाउन्टेन्ट हुन् ।
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।