काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैकिङकलाई विशेष प्राथमिकतामा राख्दै बैकिङ सुविधा दिदैं आइरहेको छ ।
बैंकले आफ्ना सेवाग्राहीलाई दिने सेवा सुविधा परिष्कृत गर्दै परम्परागत रुपमा चल्दै आएको कागजी बैकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
डिजिटल बैकिङ बैंक तथा वित्तीय संस्थाको आन्तरिक अटोमोसन मात्र नभएर पेमेन्ट सिस्टमको स्तरोन्तति पनि हो । नेपाल राष्ट्र बैंकले समेत डिजिटल बैकिङलाई विशेष प्राथमिकतामा राख्दै ‘क्यासलेस’ कारोबारलाई जोड दिदैं आएको छ ।
नेपालमा वित्तीय पहुँच र समावेशिता अभिबृद्धिका लागि प्रविधिले उपलब्ध गराएको ‘डिजिटल बैकिङ’ सेवाको उच्चतम प्रयोग आवश्यक छ । पछिल्लो समय बैकिङ प्रणालीमा प्रविधिको आधुनिकतालाई पच्छ्याउँदै सेवामा विस्तार गर्ने क्रम तीव्र बढ्दै गएको छ ।
सिटिजन्स बैंकले पनि प्रविधिको आधुनिकतालाई पच्छ्याउँदै मोबाइल बैकिङ सेवालाई थप परिष्कृत बनाएको छ । सुरुका दशकहरुमा जस्तो पैसा जम्मा गर्न, निकाल्न, रकमान्तर गर्न वा बैकिङ सम्बन्धी सम्पूर्ण सेवा लिन घन्टौ लाइनमा बस्नुपर्ने बाध्यता कम गर्न सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ एप ‘सिटिजन्स स्मार्ट’मार्फत नै यस्तो सम्पूर्ण सेवा दिदैं आइरहेको छ।
बैंकले आफ्ना सेवाग्राहीलाई थप सहज बनाउन मोबाइल बैंकिङ एपमा रहेका विभिन्न सेवाहरुको बारेमा समेत भिडियोमार्फत जानकारी दिएको छ ।
भिडियोमा ‘नागरिका’ नाम गरेकी एक महिलाले सिटिजन्स बैंकको मोबाइल बैकिङ एप ‘सिटिजन्स स्मार्ट’का सेवाहरुको बारेमा चर्चा गर्छिन् । ‘सिटिजन्स स्मार्ट’ सिटिजन्स बैंकको आधिकारिक मोबाइल बैकिङ एप हो’, उनी भन्छिन् ।
भिडियोमा देखाइएअनुसार ‘सिटिजन्स स्मार्ट’ सेवासँग ग्राहक आबद्ध भएपछि ग्राहकले गरेको कारोबारको सम्पूर्ण जानकारी ‘एसएमएस’मार्फत प्राप्त हुनेछ । यसका साथै सेवाग्राहीले ‘सिटिजन्स स्मार्ट’ सेवा लिइसकेपछि त्यसमा रहेका बिजुलीको बिल, खानेपानीको बिल, हवाई टिकट खरिद, इन्टरनेट तथा केबल टिभिको बिलका साथै बीमाको प्रिमियम समेत आफ्नै मोबाइल प्रयोग गरी घरमै बसेर तिर्न सकिनेछ ।
बैंकले आफ्ना ग्राहक वर्गलाई थप सेवा दिने हेतुले विभिन्न संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैकिङ एपमा यस्ता सुविधाहरु राखेको छ ।
डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्दै बैंकले खानेपानीको बिल, बिजुली तथा इन्टरनेटको बिल यावत्का सम्पूर्ण भुक्तानी गर्नुपर्ने संस्थाहरुसँगको समन्वयमा घरमै बसेर पैसा तिर्न सकिने सुविधा दिदैं आइरहेको छ ।
सिटिजन्स बैंकले डिजिटल भुक्तानीमा जोड दिदैं मोबाइल बैकिङ एपमार्फत यस्ता विभिन्न सेवाहरु राखेपछि सेवाग्राहीहरुको घन्टौ लाइनमा बसेर बिल भुक्तानी गर्नुपर्ने बाध्यात्मक अवस्था हटेको छ । अझ भनौं नेपाली परिवेशमा जुनसुकै सार्वजनिक कार्यका लागि लाइनमा बस्नुपर्ने बाध्य अवस्था छ । कागजी प्रक्रियाबाट बिल भुक्तानी लगायत टिकट खरिद गर्ने प्रक्रियालाई सिटिजन्स बैंकको मोबाइल बैकिङले सहज बनाइदिएको छ ।
सिटिजन्सको मोबाइल बैंकिङमा विभिन्न बिल भुक्तानीसँगै अन्य आर्थिक कारोबारहरु समेत सहजै गर्न सकिने व्यवस्था छ । सिटिजन्स स्मार्ट मोबाइल बैकिङ एपमा रहेका कारोबारहरुमा फन्ड ट्रान्सफर सर्भिस, क्रेडिट बिल पेमेन्ट सर्भिस, मोबाइल टपअप सर्भिस, कार्ड रिक्वेस्ट सर्भिस, कार्ड पिन रिक्वेस्ट सर्भिस, फिक्स्ड डिपोजिट सर्भिस र पासवर्ड रिसेट सर्भिस रहेका छन् । सेवाग्राहीले आफू बसेकै स्थानबाट यी सेवाहरु सहजै मोबाइफमार्फत नै लिन सकिने बैंकले जनाएको छ ।
१.फन्ड ट्रान्सफर सर्भिस
सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा आर्थिक कारोबार सहजै गर्न सकिने व्यवस्था छ । जसमध्ये पहिलो सुविधा हो ‘फन्ड ट्रान्सफर सर्भिस’ । सेवाग्राहीले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङबाट सहज रुपमा घरमै बसेर वा आफू भएकै स्थानबाट फन्ड ट्रान्सफर(रकम स्थानान्तरण) गर्न सक्नेछन् । आफ्नो खातामा भएको रकम अन्य व्यक्तिको खातामा बिना झञ्झट रकम ट्रान्सफर गर्न सकिनेछ । सिटिजन्स बैंक मात्रै नभई अन्य बैंकको खातामा समेत सिटिजन्स स्मार्ट मोबाइल बैकिङमार्फत रकम स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ ।
२. क्रेडिट कार्ड सर्भिस
सेवाग्राहीहरुले फन्ड ट्रान्सफरसँगै घरमै बसेर क्रेडिट कार्ड सर्भिसको समेत रिक्वेस्ट गर्न सक्नेछन् । सिटिजन्स बैंकको मोबाइल बैकिङमा क्रेडिट कार्ड सर्भिस सहजै रिक्वेस्ट गर्न सकिने व्यवस्था छ । सेवाग्राहीले बिना झञ्झट बैंकले माग गरेको कागजात उपलब्ध गराई घरमै बसेर क्रेडिट कार्ड सर्भिसका लागि अप्लाई गर्न सक्नेछन् ।
३. मोबाइल टपअप सर्भिस
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ एपमा टपअप सर्भिसको समेत व्यवस्था गरेको छ । मोबाइलमा ब्यालेन्स सकिंदा पसलसम्म गएर रिचार्ज किन्नुपर्ने झञ्झटलाई बैकले मुक्त गरिदिएको छ । अब बैंकका ग्राहक तथा सेवाग्राहीहरुले मोबाइलमा ब्यालेन्स सकिंदा एकैछिनमा मोबाइल बैकिङमार्फत नै आफूलाई आवश्यक भएजति रकम टपअप गर्न सक्नेछन् ।
४. कार्ड रिक्वेस्ट सर्भिस
बैंकले मोबाइल बैकिङ एपमा कार्ड रिक्वेस्ट सर्भिस समेत राखेको छ । ग्राहकहरुले अब भिसा कार्ड लिनका लागि बैंकको शाखा कार्यालयसम्म धाएर फर्म भर्नुपर्ने झञ्झटिलो अवस्था भोग्नुपर्दैन । आफू बसेकै स्थानबाट मोबाइल बैकिङमार्फत बैंकले तोकेको मापदण्ड वा कागजात पूरा गरी भिसा कार्डका लागि रिक्वेस्ट गर्न सक्नेछन् ।
५. कार्ड पिन रिक्वेस्ट
कतिपय अवस्थामा हामीले एटिएम कार्डको पिन बिर्सिएर कार्ड नै ब्लक हुने अवस्था सिर्जना भएको हुन्छ । बैंकहरुले दुईपटकभन्दा बढी गलत पासवर्ड राखेमा कार्ड नै ब्लक गरिदिने नियम छ ।
बैंकका शाखाहरुमा जाने हो भने दिनमा सयभन्दा बढी ग्राहकहरु एटिएम कार्डको पासवर्ड बिर्सिएको गुनासो लिएर आउँछन् । पासवर्ड वा पिन रिक्वेस्ट गर्नकै लागि शाखासम्म धाउनुपर्ने अवस्थालाई बैंकले मोबाइल बैकिङमार्फत नै सहज बनाइदिएको छ । बैंकको मोबाइल बैकिङ एपमा सेवाग्राहीहरुले कार्डको पिन बिर्सेमा आफू बसेको स्थानबाटै नयाँ पिन वा पासवर्डका लागि रिक्वेस्ट गर्न सक्नेछन् ।
६. फिक्स्ड डिपोजिट सर्भिस
सिटिजन्स बैंकको मोबाइल बैकिङमार्पmत सेवाग्राहीहरुले फिक्स्ड डिपोजिट (मुद्दती निक्षेप)को समेत सेवा लिनसक्ने बैंकले जनाएको छ । बैंकहरुको ब्याजदर परिवर्तन भइरहने हुँदा सेवाग्राहीहरुले मुुद्दती निक्षेपको ब्याजदरको विषयमा समेत मोबाइल बैकिङमार्फत नै जानकारी लिन सक्नेछन् ।
शाखा कार्यालयसम्म धाई तोकिएको रकम यति–उति अवधिका लागि फिक्स्ड डिपोजिटमा राख्ने अवस्थालाई सहज बनाउन बैंकले मोबाइल बैंकिङमा नै फिक्स्ड डिपोडिटको सुविधा राखिदिएको छ । जसमा सेवाग्राहीहरुले आफूले राख्न चाहेको रकम र अवधि खुलाएर यो सेवा लिन सक्नेछन् ।
७. पासवर्ड रिक्वेस्ट सर्भिस
मोबाइल बैंकिङ एप प्रयोग गर्न बैंकले मोबाइलमा प्रयोग हुने फोन नम्बर र पासवर्ड निर्धारण गरेको हुन्छ । जसमा पासवर्ड सेवाग्राही आफैंले निर्धारण गर्नुपर्ने हुन्छ । तर कहिलेकाही मोबाइल बैकिङ एपको पासवर्ड बिर्सिँदा आर्थिक कारोबार नै रोकिने अवस्था आउनसक्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै सिटिजन्स बैंकले मोबाइल बैकिङमा पासवर्ड रिक्वेस्ट सर्भिस समेत राखेको छ । जसमा मोबाइल बैकिङ लगइन गर्नुभन्दा अगावै पासवर्ड रिसेट गरी सेवाग्राहीले नयाँ पासवर्डका लागि रिक्वेस्ट गर्न सक्नेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                