सोमबार, असार २,२०८२ 11:48:02
  • सोमबार, असार २,२०८२ 11:48:02
Global IME Bank Limited

कम्बोडियाले बनायो आफ्नै भर्जनको ह्वाट्सएप, विरोधीको यस्तो आशंका

Hyundai Nepal
कम्बोडियाले बनायो आफ्नै भर्जनको ह्वाट्सएप, विरोधीको यस्तो आशंका
Nabil Bank Limited

काठमाण्डौ । कम्बोडियाले आफ्नै भर्जनको ह्वाट्सएप विकास गरेको छ । प्रतिस्पर्धि ह्वाट्सएप र टेलिग्रामलाई टक्कर दिन कम्बोडियाले ‘कुलएप’ नामक म्यासेजिङ एप लञ्च गरेको हो ।  

यो नयाँ एपलाई कम्बोडियाका भूतपूर्व प्रधानमन्त्री हुन सेनले समर्थन गरेका छन् । प्रधानमन्त्री सेनले घरेलु स्तरमा विकास गरिएको नयाँ एपले विदेशीहरुलाई देशको सूचनामा हस्तक्षेप गर्न कठिनाई हुने बताएका छन् । यो कम्बोडियाको पहिलो प्रोग्राम हो र यसको प्रयोग कम्बोडियाको सुरक्षा डोमेनभित्र हुनेछ’ उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्,‘अन्य देशको आफ्नै सामाजिक सञ्जालका माध्यम छन्, जस्तै चीनको वीईच्याट,भियतनामको जालो,दक्षिण कोरियाको काकाओ टक र रुसको टेलिग्राम । र अब क्यामबोडियामा पनि हाम्रो आफ्नै प्रडक्ट आएको छ ।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वको सबैभन्दा धेरै समय शासन गर्ने मध्ये एक सेनले ३ दशकभन्दा बढी समय कम्बोडियाको प्रधानमन्त्रीको रुपमा रहेका थिए । गत वर्ष मात्रै उनका छोरा हुन मानेटले उनको स्थान लिदै देशको नयाँ प्रधानमन्त्री बनेका थिए । अहिले हुन सेन सत्तारुढ पार्टीको मुख्य शक्तिकेन्द्रको रुपमा छन् ।  

कुलएपका संस्थापक तथा सीईओ लिम चियभुथाले यो एप १ लाख ५० हजारपटक डाउनलोड भएको बताएका छन् ।  

तर विरोधीहरुले भने यो नयाँ एपमा माध्यमबाट सरकारले देशमा भईरहेका राजनिीक छलफल र गतिविधिका बारेमा थाहा पाउन र जासुसी गर्न प्रयोग हुने आशका व्यक्त गरेका छन् ।  

हुन सेनको शासनकालमा कम्बोडियामा इन्टरनेटको स्वतन्त्रतामा लगाम लगाइएको थियो ।-एजेन्सी        

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.