बिहीबार, श्रावण २१,२०८३ 07:05:34
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 07:05:34
Bizshala
Global IME Bank Limited

कम्बोडियाले बनायो आफ्नै भर्जनको ह्वाट्सएप, विरोधीको यस्तो आशंका

कम्बोडियाले बनायो आफ्नै भर्जनको ह्वाट्सएप, विरोधीको यस्तो आशंका
New Office

काठमाण्डौ । कम्बोडियाले आफ्नै भर्जनको ह्वाट्सएप विकास गरेको छ । प्रतिस्पर्धि ह्वाट्सएप र टेलिग्रामलाई टक्कर दिन कम्बोडियाले ‘कुलएप’ नामक म्यासेजिङ एप लञ्च गरेको हो ।  

यो नयाँ एपलाई कम्बोडियाका भूतपूर्व प्रधानमन्त्री हुन सेनले समर्थन गरेका छन् । प्रधानमन्त्री सेनले घरेलु स्तरमा विकास गरिएको नयाँ एपले विदेशीहरुलाई देशको सूचनामा हस्तक्षेप गर्न कठिनाई हुने बताएका छन् । यो कम्बोडियाको पहिलो प्रोग्राम हो र यसको प्रयोग कम्बोडियाको सुरक्षा डोमेनभित्र हुनेछ’ उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्,‘अन्य देशको आफ्नै सामाजिक सञ्जालका माध्यम छन्, जस्तै चीनको वीईच्याट,भियतनामको जालो,दक्षिण कोरियाको काकाओ टक र रुसको टेलिग्राम । र अब क्यामबोडियामा पनि हाम्रो आफ्नै प्रडक्ट आएको छ ।’

विश्वको सबैभन्दा धेरै समय शासन गर्ने मध्ये एक सेनले ३ दशकभन्दा बढी समय कम्बोडियाको प्रधानमन्त्रीको रुपमा रहेका थिए । गत वर्ष मात्रै उनका छोरा हुन मानेटले उनको स्थान लिदै देशको नयाँ प्रधानमन्त्री बनेका थिए । अहिले हुन सेन सत्तारुढ पार्टीको मुख्य शक्तिकेन्द्रको रुपमा छन् ।  

कुलएपका संस्थापक तथा सीईओ लिम चियभुथाले यो एप १ लाख ५० हजारपटक डाउनलोड भएको बताएका छन् ।  

तर विरोधीहरुले भने यो नयाँ एपमा माध्यमबाट सरकारले देशमा भईरहेका राजनिीक छलफल र गतिविधिका बारेमा थाहा पाउन र जासुसी गर्न प्रयोग हुने आशका व्यक्त गरेका छन् ।  

हुन सेनको शासनकालमा कम्बोडियामा इन्टरनेटको स्वतन्त्रतामा लगाम लगाइएको थियो ।-एजेन्सी        

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.