काठमाडौं । अमेरिकी डलर बलियो बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार प्रतिऔँस ३ हजार ७०० डलरमाथि रहे पनि १४ महिनायताकै न्यून विन्दु नजिक पुगेको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना ब्याजदर थप बढाउने सङ्केत गरेपछि सुनको मूल्यमा दबाब परेको हो ।
फेडरल ओपन मार्केट कमिटीको अक्टोबर बैठकको विवरणअनुसार अधिकांश नीतिनिर्माताले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउन समर्थन गरेका छन् । फेडका गभर्नर क्रिस्टोफर वालरले डिसेम्बरमा ०.५० प्रतिशत विन्दुले ब्याजदर बढाउन सकिने संकेत गरेका छन् ।
सीएमई फेडवाच टुलका अनुसार आगामी महिना ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढ्ने सम्भावना ९० प्रतिशत र ०.५० प्रतिशत विन्दुले बढ्ने सम्भावना १० प्रतिशत छ ।
ब्याजदर वृद्धिले प्रतिफल नदिने सुनमा लगानीको आकर्षण घटाउने भएकाले यसको मूल्यमा दबाब परेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।