बिहीबार, मंसिर ३,२०८३ 10:42:51
  • बिहीबार, मंसिर ३,२०८३ 10:42:51
Global IME Bank Limited

बक्यौता र नवीकरण नगर्ने २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम

Bizshala
बक्यौता र नवीकरण नगर्ने २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम
New Office

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने तथा अनुमतिपत्र नवीकरण नगर्ने २९ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै नौ सेवा प्रदायकलाई रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र जरिवानासहितको बक्यौता बुझाउन तथा २० सेवा प्रदायकलाई अनुमतिपत्र नवीकरण गर्न भनेको हो ।

CG Motors
Garima Development Bank
IME remit

बक्यौता बुझाउन निर्देशन पाउनेमा बेनी कम्युनिकेसन्स, ब्रोडब्यान्ड नेपाल, फर्स्टलिंक कम्युनिकेसन्स, क्षिरेश्वर नेटवर्क, लुम्बिनी म्याक्स डिजिटल केबल नेट, मेड इन्फो टेक, प्राइम नेटवर्क, सुबिसु र युनिफाइड कम्युनिकेसन छन् ।

त्यस्तै, अनुमतिपत्र नवीकरण गर्नुपर्ने सूचीमा अलिशा कम्युनिकेसन लिंक, एरोनेट, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल, एभरेस्ट वायरलेस नेटवर्क, जीआरएस लिंक इन्टरनेट सर्भिस, आई जोन, कालिका नेट र खप्तड नेट छन् ।

यसैगरी कनेक्ट नेपाल नेटवर्क्स, मर्कन्टाइल कम्युनिकेसन, नेक्स्ट गिकर्स, नम्बुर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टमलाई पनि १५ दिनभित्र बक्यौता चुक्ता गरी अनुमतिपत्र नवीकरण गर्न भनिएको छ ।

तोकिएको अवधिमा प्रक्रिया पूरा नगरे दूरसञ्चार ऐन, २०५३ को दफा २५ बमोजिम अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने र बाँकी रकम कानुनअनुसार असुल गर्ने प्राधिकरणले चेतावनी दिएको छ । साथै, ग्राहकलाई अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकबाट मात्रै इन्टरनेट सेवा लिन आग्रह गरिएको छ ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.