काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज दुई लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ।
एक महिना अघि सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एक महिनामा सुनको मूल्य २९ हजार ३०० सय रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको हो।
त्यस्तै, आज चाँदीको मूल्य ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
एक महिना अघि चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा कारोबार भएको थियो। एक महिनामा चाँदीकोे मूल्य ८०५ रुपैयाँ घटेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।