काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरसम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्मको आय, सरकारलाई बुझाएको दूरसञ्चार सेवा दस्तुर तथा त्यससँग सम्बन्धित कागजात माग गरेको हो ।
सेवा प्रदायकले इन्टरनेट बिक्री, मर्मतसम्भार, उपकरण बिक्री र अन्य स्रोतबाट प्राप्त आम्दानीको छुट्टाछुट्टै विवरण पेस गर्नुपर्नेछ । साथै कुल आय, दाखिला गरिएको दस्तुर, भुक्तानी मिति र ढिलाइबापत बुझाइएको ब्याजको विवरणसमेत खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रत्येक महिनाको विवरण छुट्टाछुट्टै तयार गरी तोकिएको ढाँचामा पेस गर्न भनेको छ । दस्तुर र ब्याज दाखिला गरेको पुष्टि हुने कागजातसमेत विवरणसँगै बुझाउनुपर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।