सोमबार, श्रावण १८,२०८३ 05:45:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:45:48
Bizshala
Global IME Bank Limited

नोटबन्दी भएको भारु.२ हजार दरका साढे ७ करोड मूल्यबराबरको नोट अझै भएन फिर्ता

नोटबन्दी भएको भारु.२ हजार दरका साढे ७ करोड मूल्यबराबरको नोट अझै भएन फिर्ता
New Office

काठमाण्डौ । भारतीय केन्द्रीय बैंकले नोटबन्दी गरेको २ हजार दरका भारु नोटको २.१३ प्रतिशत नोट अझै फिर्ता भएको छैन । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले बजारमा परिचालन गर्न बन्द गरेको २ हजार दरका भारु नोटबारे अपडेट गर्दै यस्तो जनाएको हो ।  

आरबीआईले २ हजार दरका नोट फिर्ता गर्न जुलाई १ गतेसम्मको समयसीमा दिएको थियो । उक्त अवधिसम्म ९७.८७ प्रतिशत नोट मात्रै बैंकिङ प्रणालीमा फिर्ता आएको पीटीआईको रिपोर्टमा उल्लेख गरिएको छ । आम मानिसहरुसँग अझै पनि २ हजार दरका २.१३ प्रतिशत नोट बाँकी रहेको छ । यी दुई प्रतिशत नोटको मूल्य ७ हजार ५८१ करोड भारु हुन आउँछ ।  

आरबीआईले गत वर्षको १९ मे मा २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको थियो । त्यसबेला बजारमा २ हजार दरका कुल ३.५६ लाख करोड मूल्यबराबरको नोट परिचालित थियो । यो आँकडा सन् २०२३ डिसेम्बर २९ सम्म घटेर ९ हजार ३३० करोड भारुबराबर मात्रै पुगेको थियो । यहि समयबाट नोट फिर्ताको क्रममा केहि कमी आएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

आरबीआईले क्लिन नोट पोलिसी अन्तर्गत १९ मे २०२३ मा सर्कुलर जारी गर्दै २ हजार दरका नोट बजारबाट फिर्ता मगाउने निर्णय गरेको थियो । आरबीआईले स्थानिय बैंक तथा आरबीआई क्षेत्रीय कार्यालयमा यी नोटहरु फिर्ता गर्नका लागि सन् २०२३ को २३ मेसम्मको समय दिएको थियो । तर पछि यो समयसीमा बढाइएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.