बुधबार, श्रावण १३,२०८३ 02:32:28
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:32:28
Bizshala
Global IME Bank Limited

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

पोखराको  बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३ औंैं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् ।

बिरौटामा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए ।  

उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको जनाएको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा  शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।  

 

बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमा नै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ । पाठशालामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले पाठशालामा आवासीय रुपमा रहेर संस्कृत अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटीएम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ । सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ४ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.