काठमाडौं। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतमा लगानी गर्ने आफ्नो योजनालाई रोक्ने भएको छ।
एलन मस्कले अप्रिलको अन्त्यमा भारतको भ्रमण स्थगित गरेपछि भारतमा लगानी गर्ने आफ्नो योजनालाई रोक्न बताएका हुन् ।
जसमा उनले प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम थियो। मस्कले आफ्नो यात्रा ढिलाइ गरेपछि टेस्लाले नयाँ दिल्लीका अधिकारीहरूसँग सम्पर्क नगरेको बताइएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार टेस्लाको हालको पूँजी समस्याको कारण भारतमा छिट्टै नयाँ लगानी गर्ने योजना नरहेको उल्लेख गरेको छ।